Friday, September 25, 2020

पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै

- Advertisement -

नवलपरासी, ६ साउन९ नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का अनुसार नारायणी नदीमा आज बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुपमा मानिन्छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा झन जोखिम बढ्दै गएको हो । दुवै जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनगर गर्दै विपत्को बेला आवश्यक पर्ने उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका यसअगावै खोली सकिएको छ । गण्डक ब्यारेज नजिक नारायणी नदीमा गरिएको पछिल्लो मापनअनुसार चार लाख १६ हजार क्युसेक प्रति सेकेण्ड पानी मापन गरिएको छ । यद्यपि, तीन लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेपछि जोखिम मानिन्छ ।

नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुस्तामा पानी पसेको छ । सुस्ताको थारु टोल र सैनिक टोलमा पानी पसेको हो । यता जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत डुबानमा परेका छन् ।Smart Khabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा प्रधानमन्त्री ओली, ७–१० नयाँ मन्त्री थपीदै

काठमाडौं संघीय मन्त्रिमण्डल पुनगर्ठन गर्न अझै केही समय लाग्ने भएको छ। सचिवालय बैठकले मंगलबार पार्टी एकताको बाँकी काम १० दिनमा सक्ने निर्णय गरेपछि मन्त्रिमण्डल...

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

उखु किसानले पाउने भए सरकारले तोकेको अनुदान

सरकारले तोकेको उखुको अनुदान रकम किसानले पाउने भएका छन्। गत वर्षको उत्पादनमा सरकारले दिने भरेर घोषणा गरेको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया