Saturday, September 26, 2020

अब हराएको मोबाईल सहजै भेटाउँछ, दुरसञ्चारको नयाँ सुविधा

- Advertisement -

 

मोबाईल हराएपछि नभेटाउने र नदिने प्रवृति बढेपछि प्राधिकरणले नै नयाँ सुविधा उपलब्ध गराएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा सर्वसाधारणका लागि उपलब्ध गराएको छ।https://eir.nta.gov.np/main/individual/track मा गएर फोन हराएका व्यक्तीले निवेदन दिनसक्ने छन्।

आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यति कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने सुविधा थपेको छ । फोन हराउँदा कसैले पाएको खण्डमा नदिने र कहिले पनि नभेटाउने मानसिकता बनाएका सेवाग्राहीहरुले अब त्यसको चिन्ता गर्नुपर्ने अवस्था हटेको छ ।
विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।
“कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ ।”
तर “यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको छ।
यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक हुन्छ। त्यसरी सहजै भेटिने छ।
प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया