Friday, October 2, 2020

बेसारमा भाइरस मार्ने क्षमता हुने चीनका वैज्ञानिकको अनुसन्धानले पुष्टि गर्‍यो

- Advertisement -

काठमाडौं। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमणबाट बच्न बेसार उपयोगी हुने सुझाव दिए । यो विषयले निकै चर्चा पायो । वैज्ञानिक पुष्टिबिना प्रधानमन्त्रीले हचुवाको भरमा यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना पनि भयो । सामाजिक संजालमा यस विषयमा ट्रोल पनि बनाइए । आलोचना भएपछि प्रधानमन्त्रीले आफूले रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा बेसार प्रयोग गर्न सुझाव दिएको सफाइ दिए ।

अहिले भने प्रधानमन्त्रीको यो दावी वैज्ञानिक रुपमा पुष्टि भएको छ । चीनका वैज्ञानिकले बेसार कैयौं किसिमका भाइरस नियन्त्रण गर्न प्रभावकारी हुने एक अनुसन्धानपछि पुष्टि गरेका छन् । चीनको वुहान वुहान युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ । यो शोधपत्र जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित गरिएको छ ।

अनुसन्धानमा बेसारमा पाइने प्राकृतिक यौगिक कक्र्युमिन भाइरस नियन्त्रणमा सक्षम भएको देखिएको हो । वैज्ञानिकहरुले एक प्रकारको अल्फा कोरोनाभाइरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी)मा यसको परीक्षण गरेका थिए । टीजीइभी अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने भाइरस हो ।

‘उदाउँदो कोरोनाभाइरसले विश्वव्यापी रुपमा मानव र पशु स्वास्थ्यमा देखिएको गम्भीर खतरालाई प्रतिनिधित्व गर्छ र अहिलेसम्म कुनै आधिकारिक उपचार उपलब्ध छैन । यहाँ हामीले ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी) लाई अल्फा कोरोनाभाइरस मोडलको रुपमा य्रयोग गर्यौं र टीजीइभीविरुद्ध कक्र्युमिनको एन्टिभाइरल गुणहरुको परीक्षण गर्यौं । हाम्रो परीक्षणले देखायो कि निश्चित डोजमा आधारित रहेर कक्र्युमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई बलियोसँग रोक्यो । हामीले यो पनि अवलोकन गर्यौं कि कक्र्युमिनले डोज, तापक्रम, र समयमा आधारित रहेर प्रत्यक्ष भाइरसविरोधी क्षमता पनि देखायो’ अनुसन्धानकर्ताले शोधपत्रमा लेखेका छन् । डिसी नेपाल बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया