Thursday, October 1, 2020

नेपाल जप्तै मरूँ

- Advertisement -

हाम्रो देश चिनाउने अवनिमा साहित्य लेख्ने गरूँ ।
आँखामा मुटुमा नसारगतमा नेपाल देख्ने गरूँ ।।
कालीको तटमा बसेर कविता लेख्दै म पाना भरूँ ।
धर्तीको ममता रहोस् हृदयमा नेपाल मान्दै मरूँ ।।१

उच्चा पर्वतका सुरम्य चुचुरा देखेर चाँदीसरि ।
हाँसी खित्खित नाच्दछन् मुजुर अाै डाँफे र मैना चरी ।।
दामी देश भजेर सात्विक भई आभा सुनाैला छरूँ ।
न्याना शब्द भरेर शुद्ध मनमा नेपाल भज्दै मरूँ ।।२

शोभा दीपित पार्नमा सफल छन् नेपालका श्रीवन ।
यो देखीकन उड्दछन् गगनमा पन्छी खुसी भैकन ।।
उब्जन्छन् सबथोक यी फल टिपी पाैडेर पारी तरूँ ।
सेवा निर्धनको गरूँ दिल दिई नेपाल भन्दै मरूँ ।।३

कैयौँ छन् झरना नदी वनहरू यै लोकका साथमा ।
हीरा पर्वत छन् अहा मुकुट झैँ यै लोकका माथमा ।।
नेपाली जन हूँ भनेर चिनिने झन् भेष अाफ्नै धरूँ ।
आफ्नै माैलिकता सुरक्षण गरी नेपाल भन्दै मरूँ ।।४

गर्नैपर्छ सुकर्म पाैरख भरूँ यो जन्मको खातिर ।
बाँधी हात बसेँ भने यदि यहाँ के फल्छ खै आखिर !
माटामा पसिना बगाउन सकी श्रृङ्गार यस्कै गरूँ ।
सच्चा भक्त बनी रहूँ अवनिको नेपाल जप्तै मरूँ ।।५

छन्द : शार्दूलविक्रीडित
✍️प्रेम प्रकाश कलाैनी
शिवनाथ- २ पाैखर ,बैतडी
महेन्द्रनगर ,कञ्चनपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया