सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

महेन्द्रनगर । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा घर भत्काउने गरि गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

आइतबार अविरल वर्षाका कारण आएको पहिरोले घर भत्काउँदा पुरिएर ४२ वर्षिया मानमती ठगुन्ना र ५ वर्षिया आरती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवम् प्रहरी निरिक्षक सुरेन्द्र जोशीले बताए ।

Sana Kishan

उनले भने ‘गएराती ११ बजे खोलामा आएको बाढीले घर भत्किदा पुरिएर आमाछोरीको मृत्यु भएको हो ।’

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार पहिरोका कारण २२ वर्षिया महना ठगुन्ना घाइते भएकी छन् भने सोही ठाउँको आधारभुत माध्यमिक विद्यालयको भवन र शौचालय सहित अरु ६र७ जनाको घरमा पनि क्षती पुगेको छ ।

Dirghayu Ads

पहिरोले पशुचौपाया पनि बगाएको प्रवत्ता जोशीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.