Thursday, October 1, 2020

निड्स नेपालद्धारा गोदावरी नगरपालिकालाई आधुनिक हात धुने मेसिन हस्तान्तरण

- Advertisement -

महेन्द्रनगर ५ साउन ।
नेपाल वातावरण तथा समविकास समाज (निड्स) नेपालले कैलालीको गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोगथामका लागि छुट्टै परियोजना सञ्चालन गरिरहेको निड्स नेपालले आईतबार सोही कार्यक्रम अन्र्तगत खुट्टाद्धारा चलाउन मिल्ले हात धुने मेसिन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

निड्सका कार्यक्रम अधिकृत केशब मलासीले नगरपालिकालाई ४ सेट खुट्टाद्धारा चल्ने हात धुने मेसिन सहितका सामग्री हस्तान्तरण गरिको बताए । उनका अनुसार कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा उक्त मेसिन राखिएको हो ।

निड्सले गोदावरी नगरपालिकाको कार्यालय, अत्तरिया बजार, गोदावरी स्वास्थ चौकी ओलानी, जमुनाभारी शहरी स्वास्थ क्लीनिक जमुनाभारी, र गेटा स्वास्थ चौकी लगायतका क्षेत्रमा मेसिन राखिएको छ ।

‘कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरसफाई एकमदै ध्यान दिनु पर्छ’ निड्स कार्याक्रम अधिकृत मलासीले भने ‘विशेष गरि भिडभाड हुने सार्वजनिक क्षेत्रमा स्वास्थ्य सामाग्री ठुलो महत्व हुन्छ, सोही कुरालाई मध्यनजर गरि कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

निड्सले कारितास नेपालको प्राविधिक सहयोग र नगपालिकासँगको समन्वयमा गोदावरीमा कोभिड १९ लक्षीत कार्यक्रय सञ्चालन गरिरहेको छ ।

यस अघि निड्सले क्वारेन्टाईन र आईशोलेसनमा रहेका करिब ४ सय १७ जनालाई पोषिलो खाजा वितरण र नगरपालिकालाई ९९ सय थान पिपिई सेटसहित स्वास्थ्य सामाग्री पनि सहयोग गरिसकेको छ ।

नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले गोदावरी नगरपालिकासँगको सहकार्य तथा समन्वयमा निड्स नेपालको कार्य स्वागतयोग्य बताउँदै सहयोगका लागि निड्सलाई धन्यवाद ज्ञापन गरिन् । त्यस्तै स्वास्थ शाखा प्रमुख बीर बहादुर कुवरले पनि कोरोना सक्रमणको दर न्युनीकरण गर्न कार्यक्रम एकदमै प्रभावकारी हुने बताए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया