Friday, September 25, 2020

बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन निड्सको सीपमुलक परियोजना सुरु हुदैँ

- Advertisement -

महेन्द्रनगर । नेपाल वातावरण तथा समविकास समाज (निड्स) कञ्चनपुरले सुदूरका तीन जिल्लाका युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्यक्रम ल्याएको छ ।

बजार प्रर्वद्धन तथा रोजगारीका लागि सीप परियोजना अन्तर्गत कञ्चनपुर, कैलाली र बझाङका युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने भएको हो ।

सुदूरका तीन जिल्लाका अर्धसीप र सीप नभएका युवाहरुको रोजगार तथा स्वरोजगार प्राप्तिका लागि बजारको आवश्यकता अनुसारको ज्ञान तथा सीप वृद्धि गर्ने कार्यक्रम ल्याइएको निड्सले अगाडि सारेको बजार प्रर्वद्धन तथा रोजगारीका लागि सीप परियोजनाका संयोजक बिनोद कडाराले बताए ।

१८ महिना चल्ने कार्यक्रममा करिब ८ सय जना अर्धसीप तथा सीप नभएका युवाहरु सहभागी हुने छन् । युरोपियन युनियन, ब्रिटिस काउन्सिल तथा निड्स नेपालको साझेदारी सञ्चालन हुन लागेको परियोजनाले कृषि, निर्माण तथा पर्यटन क्षेत्र समेट्दछ ।

२६० जनालाई निर्माण तथा पर्यटन क्षेत्रमा र ४६० जना युवाहरुलाई कृषि क्षेत्रमा तालिममार्फत ज्ञान वृद्धि गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखिएको संयोजक कडाराले बताए ।

यस परियोजनाले विदेशबाट आएका युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वदेशमै रोजगार सृजना गर्ने सरकारको कार्यक्रमलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

रु. दुई करोड ५४ लाख ३८ हजार २० बजेटमा सञ्चालन हुन लागेको कार्यक्रम तीन जिल्लाका १८ वटा स्थानीय तहमा सञ्चालन हुने छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा परियोजना लागु हुने छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, धनगढी उप–महानगरपालिका, टीकापुर नगरपालिका, लम्की नगरपालिका, कैलारी गाउँपालिका र बझाङको जयपृथ्वी नगरपालिका, खप्तड छान्ना गाउँपालिका, बुंगल नगरपालिका, तलकोट गाउँपालिका तथा केदारस्यु गाउँपालिकामा कार्यक्रम लागु हुने निड्स नेपाल कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया