कोभिड(१९ का कारण इन्डियन प्रिमियर लिग ९ आईपीएल ० को आयोजना भारत बाहिर सन् २०१४ पछि पुनः युएईमा आयोजना हुने सभावना प्रवल बनेको छ। भारतमा कोभिड(१९ संक्रमण बढ्ने क्रममा रहेकोले भारतमै आईपीएल आयोजना गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९ बिसीसीआई ० को योजना पुरा नहुने भएको हो। तथापी युएईमा गर्ने अन्तिम निर्णय भने भैसकेको छैन।
“अन्तिम निर्णय नभएता पनि भारतमा कोरोना संक्रमण बढीरहेको अवस्थालाई मध्यनजर गर्दा देशमै आईपीएल गर्न निकै मुस्किल परिस्थिति रहेको छ। प्रतियोगिता आयोजना गर्नको लागि अन्तर्राष्ट्रिय क्रिकेटर भारत ल्याउनु, जैव सुरक्षित वातवरण बनाउनु, अभ्यासको सुविधा दिलाउनु जस्ता विभिन्न पक्षहरुलाई ध्यानमा राख्नु पर्छ।” बिसीसीआईका एक अधिकारीले शुक्रबार भएको बोर्डको बैठकपछि हिन्दुस्तान टाइम्स्लाई बताएका छन्।
युएईमा कोभिड(१९ को नियन्त्रण राम्रो देखिएको छ। हालसम्म ५६ हजार ७ सय ११ केस देखिदा ३३८ जनाको मृत्यु भएको छ भने ४८ हजार ९१७ जना निको भैसकेका छन्। भारतमा भने संक्रमण बढ्ने क्रममा रहेको छ। १० लाख ७७ हजार ८ सय ६४ जनामा संक्रमण देखिद २६ हजार ८२८ जनाको मृत्यु भैसकेको छ। शनिवार मात्र भारतमा ३७ हजार ४०७ संक्रमित पाइएकोमा ५ सय ४३ जनाको एकै दिन मृत्यु भएको थियो।
कुल ६० खेल हुने प्रतियोगिता दुबई, अबु धाबी र शारजाह गरि तिन वटा मैदानमा गर्न सहज हुनेछ। “युएई अन्तर्राष्ट्रिय ट्रान्जिट रहँदै आएको छ र अन्तर्राष्ट्रिय क्रिकेटरहरुलाई त्यहाँ उडान गर्न पनि भारत भन्दा निकै सहज हुन्छ” श्रोतले बतायो।