सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायात चल्ने आज देखि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीबाट थन्किएका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आउने भएका छन् । करिब चार महिनायता आजदेखि भाडाका सवारीसाधन सञ्चालन हुन थालेका हुन् । सरकारको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए ।

सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएका हुन् । अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

Sana Kishan

कोरोना भाइरसबाट हुनसक्ने जोखिम नियन्त्रण गर्न भन्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीबाट थन्किएका बस सञ्चालनका लागि सरकारले असार २६ गते नै आग्रह गरे पनि व्यवसायीले भने विभिन्न माग राख्दै सञ्चालन गरेका थिएनन् । मौद्रिक नीतिले आफूहरुका मागलाई सम्बोधन गरेको भन्दै व्यवसायीले आजदेखि सरकारले जारी गरेको मापदण्डअनुसार नै बस सञ्चालन ल्याएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

लामो समयदेखिको बन्दले व्यवसायी मारमा परेको तथा अब काममा फर्कनुको विकल्प नभएको भन्दै सुरक्षित तवरले यात्रुवाहक बस चलाउन थालिएको हो । चार महिना बढीको बन्दाबन्दीले श्रमिक तथा कतिपय व्यवसायी पलायन पनि भएका छन् । सवारीसाधन आजदेखि बस सञ्चालन गरिए पनि स्यानिटाइजरको अभाव, मास्क तथा गाडीका स्टाफ जोखिममा पर्ने भन्दै चुनौती रहेको व्यवसायीको भनाइ छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.