Tuesday, September 29, 2020

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग

- Advertisement -

 ५ साउन

केही वर्षयता साउनभर अथवा सोमबार मात्र भए पनि महिलाहरूले हरिया र पहेँला पहिरन लगाउने चलन बढेको छ। यसैगरी चुरापोते जस्ता सौभाग्य सामग्री पनि हरिया पहेँला हुने गरेका छन् । सुरुसुरुमा राता लुगा लगाएर तीजमा जस्तै व्रत बस्ने चलन थियो । केही वर्षमा चुरा र पोतेका रंगहरू फेरिए रातासँगै पहेँला र हरिया पनि मिसिन थाले । हिजोआज त हातमा मेहन्दी नहुँदा साउन नै फिका हुनेजस्तो भएको छ ।

‘मानिसको शरीर पञ्चमहाभूतबाट बनेको छ । त्यसमा पनि पृथ्वी तत्त्व बढी छ’, गौतम भन्छन्’, वर्षाका कारण साउनमा पृथ्वी नै हरियाली हुने भएकाले मानिसले त्यसलाई ग्रहण गरेको अर्थमा पनि बुझ्नुपर्छ ।’ शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भएअनुरूप मानिसले त्यसको रंगलाई आत्मसात गरेको बुझाइ छ, भट्टराईको ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ। साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ।

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो। साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो। भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ। भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन्। जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।

विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो। यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ। बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने हुनैनाथ मन्दिर क्षेत्रलाई

मालिकार्जुन। सुदूरपश्चिमवासीको आस्थाको धरोहर एवम् धार्मिक शक्तिपीठका रुपमा परिचित हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ। नेपाल मात्रै नभइ छिमेकी मुलुकबाट समेत उल्लेख्य...

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

साउन १७ गते शनिबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

। काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी २८ पला । शनि–प्रदोष व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया