सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पानी छल्कि रहोस् नेपाल बाँची रहोस् : कलौनी

पानी छल्कि रहोस् न ताल तिलिचो रारा र फेवा सधैं ।
कालीको जलमा निरन्तर बग‍ोस् सद्भाव सेवा सधैं ।।
नेपाली धरणी तथा सगरको शैलेश हाँसी रहोस् ।
खाँचो पर्छ भने म मर्छु जननी नेपाल बाँची रहोस् ।।१

योगी गाैतम बुद्धले जप सधैं गर्ने यहीं आसन ।
हाम्रो नित्य निधार टल्किरहने माटो छ यो चन्दन ।।
डाँफेसाथ मुनाल कम्मर सधैं भाँचेर नाँची रहोस् ।
खाँचो पर्छ भने म मर्छु जननी नेपाल बाँची रहोस् ।।२

सीता ,गाैतम बुद्ध वा अरनिको पाई रहून् अर्चना ।
काली दु:ख परे निरूपण गरी मेची गरोस् साधना ।।
नाैला उत्तम कार्यले शिखरको सैपाल हाँसी रहोस् ।
खाँचो पर्छ भने म मर्छु जननी नेपाल बाँची रहोस् ।।३

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चोखो प्रेम गरी सधैं हृदयले श्रद्धा गराैं देशको ।
सारा देश अखण्ड होस् मिलिजुली रक्षा गराैं शेषको ।।
पुर्खाको लिपुलेक लिम्पियधुरा सैपाल साक्षी रहोस् ।
खाँचो पर्छ भने म मर्छु जननी नेपाल बाँची रहोस् ।।४

Dirghayu Ads

नेपाली धरणी सदा रहिरहोस् नेपाल कै साथमा ।
वैरी दुष्ट कदापि हेर्न नसकून् यो राष्ट्रको माथमा ।।
मेरो यो दिलले सधैं मुलुकको तस्वीर गाँसी रहोस् ।
मर्नै पर्छ भने म मर्छु जननी नेपाल बाँची रहोस् ।।५

छन्द : शार्दूलविक्रीडित
✍️प्रेम प्रकाश कलाैनी
शिवनाथ- २ पाैखर ,बैतडी
हाल : महेन्द्रनगर ,नेपाल

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.