सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलीसँग दाहालले भने– मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन

काठमाडौँ — दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दो¥याएका छन् । खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार नै ४ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

भेटमा ओलीसँग दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग करिब ३ घन्टाको छलफलमा दाहालले मंसिरमा महाधिवेशन गर्न असम्भव भएकोसमेत बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

उनले अब सबै विषय स्थायी कमिटी बैठकमा नै छलफल गरेर जानुपर्ने पनि बताएका छन् । बालुवाटारबाट फर्केपछि दाहालले आफू निकट नेताहरुलाई प्रधानमन्त्रीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

Dirghayu Ads

शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले सर्मथन गरेको समाचार आएका थिए । लगत्तै राति दाहालको सचिवालयले यसको खण्डन गरेको थियो । आइतबार बिहानैदेखि दाहालले आफू यस्तो प्रस्तावको पक्षमा नरहेको सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग प्रष्टीकरण दिएका थिए ।

प्रष्टीकरणमै बित्यो दाहालको दिन

प्रधानमन्त्री ओलीसँग मिलेर मंसिरमा महाधिवेशनको प्रस्ताव ल्याएको आरोप लागेपछि अध्यक्ष दाहालको आइतबार दिनभर प्रष्टीकरणमै बितेको छ । अध्यक्ष दाहालले विभिन्न चरणमा गरेर सचिवालय र स्थायी कमिटीका आफूनिकट नेताहरुलाई विश्वासमा लिने प्रयत्नस्वरुप प्रष्टीकरण दिएका छन् ।

Sana Kishan

यद्यपि उनले आइतबार साँझ २ घन्टा लामो छलफल गरेका छन् । दाहालले सुरुमा बिहानै उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए । त्यसपछि महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग भेट गरे ।

लगतै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका नेताहरुलाई दाहालले प्रष्टीकरण दिए । दाहालले नेताहरुलाई शनिबार राष्ट्रपति निवासबाट फर्केने बेलामै फोन गरेर आएतबार बिहान खुमलटार आउन भनेका थिए ।

खुमलटारमा सचिवालयका ४ नेतासहित नेपाल निकट र पूर्वमाओवादी निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, भीम आचार्य, वर्षमान पुन, मुकुन्द न्यौपाने, देवप्रसाद गुरुङ, पम्फा भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए ।

सबै भेटमा दाहालले प्रधानमन्त्री ओलीले महाधिवेशनको प्रस्ताव अल्झाउने र स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएको प्रष्टीकरण दिए । ‘अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव हो । न सदस्यताको टुंगो लागेको छ । न पार्टी एकीकरणको प्रक्रिया पूरा भएको छ । न वैचारिक छलफल हुने समय छ । प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन । यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न हो । हिजो केही सहमति गरिएको छैन,’ दाहालको भनाइ उद्र्धत गर्दै एक नेताले भने ।

दाहालले सहमति भएको थिएन भनेर प्रष्टीकरण दिए पनि सचिवालयका तीन नेताले प्रतिप्रश्न गरेका थिए । ‘आज सहमति हैन भन्नु भयो । हिजो सहमति गरे जस्तै गरेर आउनु भयो ।

तपाईंको प्रस्तुतिले त्यहाँ सहमति होइन भन्ने केही पनि देखिँदैनथ्यो । त्यही कारण तपाईंहरु ई जनाले लिखित प्रस्ताव ल्याउनुस् भन्यौं,’ खुमलटारमा सहभागी सचिवालयका एक नेताले भने, ‘दुई जनाले प्रस्ताव ल्याउनुस् भन्दा तपाईंले सहमति कहाँ भएको छ र प्रस्ताव ल्याउने ? भन्नु भएन । तपाईंले त सहमति भएकै अर्थमा बोल्नु भएको थियो । त्यसकारण हामीले मतभेद राख्यौं । हामीले त बुझेकै थियौं । केपीको षड्यन्त्र हो यो भनेर । तपाईंले बुझ्न् भएन ।’

ती नेताका अनुसार पूर्व एमालेकै नेताहरुले दाहाललाई भनेका थिए, ‘तपाईं धन्नै फस्नु भएको हो । हामी सबैलाई पूर्वएमाले एक हुनुपर्छ, जबजलाई अगाडि बढाउनु पर्छ भनेर अनेक गर्न खोजेका थिए ।’

त्यसपछि दाहालले शनिबारको सचिवालय बैठकमा महाधिवेशन प्रस्तावको आलोचना गर्न नसक्नु र नरम रुपमा प्रस्तुत हुनु आफ्नो कमजोरी भएको प्रष्टीकरण दिएका थिए । स्थायी कमिटी सदस्य बेदुराम भुसालले पनि आइतबार बिहान दाहाल निवासमा छलफलभन्दा प्रष्टीकरण जस्तै भएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.