सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुल्मीकी सुवर्ण ज्वारचन सांसद बन्दै, आजै सपथ ग्रहण गराउने कार्यक्रम

काठमाडौं – नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा सुवर्ण ज्वारचन सांसद बन्ने भएकी छन् ।

गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराउने कार्यक्रम छ । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।

Sana Kishan

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ ।

World Link Ads
Mahakali Polytechnic

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ । त्यसैले छन्त्यालको निधन भएपछि रिक्त सांसद पदमा ज्वारचनले अवसर पाएकी हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.