सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा भारतबाट भित्रिएको सलहको झुन्ड फेरि उतै फर्किए

कञ्चनपुर —भारत उत्तर प्रदेशको खिरी जिल्लाबाट गौरीफन्टा हुँदै नेपाल भित्रिएको सलहले कञ्चनपुरमा खेतबारीमा कतै पनि क्षति नपुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ । किसान सक्रिय भएर चाँडो धपाउन सकेका कारण नै क्षति रोकिएको ज्ञान केन्द्रका प्राविधिकहरू बताउँछन्  तीन दिनअघि भारतबाट भित्रिएको सलहको झुन्ड फेरि उतै फर्किएको छ । बिहीबार साँझ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको डोकेबजारबाट भित्रिएको सलह कञ्चनपुरको पश्चिम सीमाको दोधारा–चाँदनी भएर भारततर्फ फर्किएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘एक हूल कीरा दोधारा–चाँदनीको जोगबुडा भएर भारत पसेको देखिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘शनिबार मौसम अनुकूल नभएका कारण यहाँ छुटफुट रहे पनि सक्रिय हुन पाएको छैन ।’ शनिबार यहाँ बादलका साथै फाटफुट वर्षा भएकाले सलहका लागि मौसम अनुकूल नभएको उनले बताए । प्रतिकूल मौसमले शनिबार कतै पनि सलह नदेखिएको उनको भनाइ छ ।

Sana Kishan

किसानले शुक्रबार दिनभर खेतबारीमा धूवाँ बाल्नुका साथै थाल ठटाएर सलह धपाएका थिए । लालझाडी संरक्षित वन क्षेत्रमा राति बास बसेका सलह शुक्रबार बिहानैदेखि कृषकको बारीमा देखिएका थिए । ती पुनर्वासबाट भित्रिएर कृष्णपुर, शुक्लाफाँटा, वेदकोट र भीमदत्त हुँदै महाकाली नगरपालिकासम्म पुगेका थिए । ‘महाकाली नगरपालिकाबाटै भारत पसेको देखिन्छ,’ भट्टले भने, ‘यता पनि जंगलतिर फाटफुट कतै भए मौसम अनुकूल हुनेबित्तिकै देखिन सक्छ ।’

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.