Wednesday, September 23, 2020

सुदूरपश्चिममा भारतबाट भित्रिएको सलहको झुन्ड फेरि उतै फर्किए

- Advertisement -

कञ्चनपुर —भारत उत्तर प्रदेशको खिरी जिल्लाबाट गौरीफन्टा हुँदै नेपाल भित्रिएको सलहले कञ्चनपुरमा खेतबारीमा कतै पनि क्षति नपुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ । किसान सक्रिय भएर चाँडो धपाउन सकेका कारण नै क्षति रोकिएको ज्ञान केन्द्रका प्राविधिकहरू बताउँछन्  तीन दिनअघि भारतबाट भित्रिएको सलहको झुन्ड फेरि उतै फर्किएको छ । बिहीबार साँझ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको डोकेबजारबाट भित्रिएको सलह कञ्चनपुरको पश्चिम सीमाको दोधारा–चाँदनी भएर भारततर्फ फर्किएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘एक हूल कीरा दोधारा–चाँदनीको जोगबुडा भएर भारत पसेको देखिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘शनिबार मौसम अनुकूल नभएका कारण यहाँ छुटफुट रहे पनि सक्रिय हुन पाएको छैन ।’ शनिबार यहाँ बादलका साथै फाटफुट वर्षा भएकाले सलहका लागि मौसम अनुकूल नभएको उनले बताए । प्रतिकूल मौसमले शनिबार कतै पनि सलह नदेखिएको उनको भनाइ छ ।

किसानले शुक्रबार दिनभर खेतबारीमा धूवाँ बाल्नुका साथै थाल ठटाएर सलह धपाएका थिए । लालझाडी संरक्षित वन क्षेत्रमा राति बास बसेका सलह शुक्रबार बिहानैदेखि कृषकको बारीमा देखिएका थिए । ती पुनर्वासबाट भित्रिएर कृष्णपुर, शुक्लाफाँटा, वेदकोट र भीमदत्त हुँदै महाकाली नगरपालिकासम्म पुगेका थिए । ‘महाकाली नगरपालिकाबाटै भारत पसेको देखिन्छ,’ भट्टले भने, ‘यता पनि जंगलतिर फाटफुट कतै भए मौसम अनुकूल हुनेबित्तिकै देखिन सक्छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

उखु किसानले पाउने भए सरकारले तोकेको अनुदान

सरकारले तोकेको उखुको अनुदान रकम किसानले पाउने भएका छन्। गत वर्षको उत्पादनमा सरकारले दिने भरेर घोषणा गरेको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

शुक्लाफाँटाको न्यायिक समितिद्वारा १६ बढी मुद्दाको किनारा

देशैभर बन्दाबन्दी (लकडाउन) भएको बेलामा शुक्लाफाँटा नगरपालिका न्यायिक समितिको काम सुचारु नै रह्यो । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य...

पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गंठन- अध्यक्षमा भानसिंह धामी सर्व-सहमत

लाल बहादुर एस के / कंचनपुर कंचनपुरको पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गठन भएको छ ।स्थानीय हक अधिकार मंचको अध्यक्षमा भानसिंह धामी सर्वसहमत चुनिनु...

मासु नखाने सैनिकलाई शाकाहारी मेन्यु ! ब्यारेकमा बल्ल हट्यो मट्टीतेल ब्रेकफास्टमा...

सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ...

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया