Monday, September 21, 2020

आजको राशिफल : साउन ४ गते, आइतबार

- Advertisement -

वि.सं.२०७७ साल साउन ०४ गते । आइतबार । ईश्वी सन् २०२० जुलाई १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ५० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त औशी । नक्षत्र– आद्र्रा,४० घडी ५२ पला,बेलुकी ०९ बजेर ५२ मिनेट उप्रान्त पुनर्वशु । योग– व्याघात,४३ घडी ०८ पला,बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त हर्षण । करण–भद्रा,बिहान ११ बजेर २२ मिनेट उप्रान्त शकुनि,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०२ पला । घण्टाकर्ण चतुर्दशी । गठेमंगल -गथाँमुग चस्ह्रे पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लागनि गरि आम्दानि गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानी गर्नेहरुले धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नया कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन विस्तारै हराउँदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुधारात्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले । news24nepal.tv बाट सभार गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक...

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको...

३९ बर्षका भए चकलेटी नायक जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् ।...

शर्लिनको बोल्ड अवतार !हेर्नुहोस तस्बिरमा !

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ...

विवाहपछि श्रीमानको घरमा राज गर्छन् यी ४ राशिका युवती

विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका...

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा...

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ...

आज २०७७ भदौ १७ गते बुधबारको – राशिफल

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफलः मेष (चु, चे, चो,...

आज भदौ १६ गते मंगलवार यस्तो दुर्लभ योगका कारण आज देखि...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको...

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा...

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया