सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बढ्यो ‘नेपाली अयोध्या’ मा चहलपहल, के छ राम जन्मस्थलबारे प्रमाण जुट्ने सम्भावना ?

काठमाडौं: सीताराम गुफा, वाल्मीकि र अयोध्यापुरीमा रामसँगको सम्बन्ध जोडिएकाले यस क्षेत्रको अध्ययन गर्न आवश्यक रहेको मेयर ढकालले बताउनुभयो। भारतमा पर्ने अयोध्यामा पनि राम जन्मेको भन्ने विषय विवादित रहेकाले अहिलेसम्म राम जन्मलाई लिएर विवाद कायम नै रहेको मेयर ढकालको दाबी छ ।

‘भारतको अयोध्यामा पनि रामको जन्मलाई लिएर सर्वमान्य मत छैन । भारतमै रामको जन्मलाई लिएर मन्दिरसमेत बनाउन नदिएको इतिहास छ,’ उहाँले भन्नुभयो, ‘राम जन्मेको ठाउँ हो भनेर अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।’ सीता गुफा पनि अयोध्यापुरी बाट नजिक भएको र वाल्मीकि पनि माडीमै भएकाले यसको अध्ययन आवश्यक रहेको उहाँको भनाई छ ।

माडीको अयोध्यापुरी लगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुनेगरी नगरपालिकाले खोजी शुरु गरेको छ। धर्मशास्त्रमा व्याख्या भए अनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताउनु भयो । माडी अयोध्यापुरी क्षेत्रमा रहेका पुरातात्विक महत्वका क्षेत्र तथा वस्तु पत्ता लगाउन जनस्तरबाट खोजबिन समिति गठन भएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

माडीकाे वडा ७, ८ र ९ का वडाध्यक्षसहित बसेको सर्वपक्षीय छलफलबाट समिति बनाइएको वडा ८ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो। माडीको अयोध्यापुरी क्षेत्रमा पुरानो दरबारका अवशेष, ईंटा, घैँटा र पुराना सिक्काहरू भेटिएको छ । माडी नगरपालिका- ८ अयोध्यापुरीमा सो पुरातात्विक सामग्रीहरु भेटिएको वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो । त्यहाँ भेटिएका सामग्रीहरु पुरातत्व विभागमा अध्ययनका लागि पठाइने अधिकारीको भनाइ छ ।

‘यहाँ हामी आउँदा घना जंगल थियो । हामीलाई पहिले के हो भन्ने थाहा थिएन,’ अध्यक्ष अधिकारीले भने, ‘यहाँ दुई कठ्ठा जति जमिनमा पुराना ईटा रहेका छन। हाल भेटिएका सामग्री तथा उत्खनन् पश्चात् भेटिन सक्ने थप सामग्रीको अध्ययनपश्चात मात्रै अयोध्या पुरी क्षेत्र रामायणमा वर्णित अयोध्या रहे-नरहेको पुष्टि हुन सक्नेछ । रामको जन्मका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर माडीमा चहलपहल बढेको छ । न्युज २४ नेपालमा केदार शर्माले लेख्नु भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.