सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

विद्यालय सञ्चालनका लागि शिक्षकको आरडिटि परीक्षण गरिँदै

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
July 19, 2020
Reading Time: 1min read
0

खोटाङ । लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटि परिक्षण गरिएको छ। कोभिड–१९ का कारण ठप्प भएको पठन–पाठनलाई सुचारु गराउनका लागि जिल्ला बाहिर बसेर गाउँपालिका भित्रिएका शिक्षकरशिक्षिकाको शनिबार आरडिटि परिक्षण गरिएको हो। साउन ७ गतेदेखि टोल–टोलमा सुरु गरिने पठन–पाठन अगाडि अन्यत्रबाट भित्रिएका शिक्षकरशिक्षिकाको आरडिटि परिक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

लकडाउनमा जिल्ला बाहिरका घरमा गएर बसेका तथा हालसम्म अन्यत्र अड्किएर बसेका सबै शिक्षकरशिक्षीकाको आरडिटि रिपोर्ट नेगेटिभ देखिएको छ। ‘लकडाउनको अवधिमा गाउँपालिकाभित्रै बसोबास गरिरहेका शिक्षक/शिक्षीकाको बाहेक अन्यको आरडिटि परिक्षण गरिएको हो,’ अध्यक्ष राईले भने, ‘अव अवरुद्ध कक्षा सुचारु गराउँदा संक्रमणको त्रास नहोस् भनेर आरडिटि परिक्षण गरेका हौँ।’ असार मसान्त बित्न लाग्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले आगामी साउन ७ गतेदेखि सामाजिक दुरी कायम गरेर पठन–पाठनलाई सुचारु गराउने तयारी थालेको हो। कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

पठन–पाठनका लागि आईतबार अनिवार्य विद्यालयमा उपस्थित भएर आ–आफ्नो विषयको कार्यतालिका निर्माण गर्ने र साउन ७ गतेदेखि टोल वस्तीमा पुगेर शिक्षण सिकाई कार्य अघि बढाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। शैक्षित्र–सत्र सुरु भएको तीन महिना बित्न लाग्दा गाउँपालिकाका हरेक टोलमा विषयगत शिक्षकलाई पठाएर पठन–पाठनलाई अघि बढाउन लागिएको हो। एक टोलमा दैनिक एक विषयको पठन–पाठन गरिने गाउँपालिका अध्यक्ष राईले बताए। शिक्षण सिकाईका लागि आफ्नो विषय अनुशार टोल–टोलमा पुग्ने शिक्षक÷शिक्षिकाले विद्यार्थीलाई पढाउने छन्, होमवर्क दिने छन् र मूल्यांकन गर्ने छन्।

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन्। उनीहरुको शिक्षण सिकाईका लागि बाल बिकास केन्द्रमा कार्यरत सहित २७६ शिक्षक/शिक्षिकालाई परिचालन गर्ने तयारी गरिएको छ। कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक अशर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो। टोल–टोलमा गरिने शिक्षण क्रियाकलापका लागि नजिक र पायक पर्ने विद्यालयलाई प्रयोग गर्न सकिने जनाइएको छ। विद्यालयको भवन प्रयोग गर्ने अवस्था नभए सामुदायीक भवन, महिला तथा युवा समुहको भवन वा अन्य सार्वजनिक स्थललाई उपयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।

शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प छ। हालसम्म सिकाई उपलव्धी शुन्य छ। विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न। महामारी रहिरह्यो भन्दैमा सिकाई उपलव्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन। त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गराउने निर्णय गरिएको हो।’

टोल–टोलमा सञ्चालन गरिने शिक्षण सिकाईका लागि गाउँपालिकाले विद्यार्थीलाई पाठ्यापुस्तक वितरण गरिसकेको छ। टोलमा पुग्ने शिक्षक/शिक्षिकाले मास्क, ग्लोव्स र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

दमन राईले नागरिकमा खबर लेखेका छन् ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post

बढ्यो ‘नेपाली अयोध्या’ मा चहलपहल, के छ राम जन्मस्थलबारे प्रमाण जुट्ने सम्भावना ?

आजको राशिफल : साउन ४ गते, आइतबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In