Friday, September 25, 2020

लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

- Advertisement -

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएका छन्।

आज मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताएका छन्।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिए । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै उनले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताए ।

मन्त्री अर्यालले मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारवाही समेटिएको पुस्तक विमोचन गरेका हुन्।

उनले भूमी शब्दकोषले भूमीसम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासमेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिए ।

त्यस अवसरमा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर गएका मन्त्रालयबाट सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई बिदाई गरिएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन्...

काठमाडौँ ।घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने...

राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौँ — कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सेवा बन्द गरियो

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया