सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर पसेको सलह माहाकालीबाट भारत फर्कियो

महेन्द्रनगर ३ साउन ।
भारतको खिरी जिल्लास्थित दुधुवा नेसनल पार्क भएर कञ्चनपुर भित्रिएको सलहको झुण्ड तीन दुई दिनपछि महाकाली पार गर्दै भारत फर्किएको छ ।

धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्बास नगरपालिका–१२ विकास बस्तीमा बिहीबार बेलकी ६ बजे देखिएको सहलको झुण्डलाई स्थानीय किसानले थाल ठटाउँदै भगाएका थिए ।

बिहीबार बेलुकी कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्र लालझाडीसँग जोडिएको सिंहपुर सामुदायिक वनमा बास बसेको सलहको झुण्ड शुक्रबार दिउँसो कृष्णपुर नगरपालिकाको वडा नम्बर २ र ३ मा किसानको धान खेतीमा पसेको थियो ।

World Link Ads
Mahakali Polytechnic

धानको बारीमा सहलको झुण्ड पस्ने वित्तिकै किसानले थाल ठटाउनुका साथै आगो बालेर धुँवा बनाएका थिए । किसानले बारीमा देख्ने वित्तिकै धपाएका कारण सलहलाई चरनका लागि उपयुक्त वातावरण नभएका कारण सुरक्षित स्थान खोज्दै त्यहाँबाट उडान छोडेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए ।

Dirghayu Ads
Sana Kishan

उनका अनुसार, सोही दिन सलहको झुण्ड शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ४, १० हुँदै १ नम्बरमा पुगेको थियो । त्यहाँबाट बेदकोट नगरपालिकाको चम्फापुर, राना गाउँ, दैजीहुँदै वडा नम्बर १० को नयाँ गाउँ, सुन्दरपुर हुँदै भीमदत्त नगरपालिकाको वडा नम्बर २, १९, १८, १७ हुँदै १० र ११ बाट महाकाली नदी पारि फर्किको छ ।

‘सहलको झुण्ड जहाँ जहाँ गयो, त्यहाँ त्यहाँ किसानले थाल ठटाएरै भगाए,’ उनले भने,‘किसानलाई सहलबाट जोगिन पूर्व अभ्यास गराएझै उनीहरुले थाल ठटाएरै भगाए ।’ धान रोपाइँ सकेर भर्खरै कलिलो मुना फाल्न लागेकाले यो बेला सलहलाई चरनका लागि उपयुक्त हुने बताउँदै उनी भन्छन्,‘

कलिला धानका मुना चर्न नेपाल छिरेको सलहको झुण्डलाई किसानले धपाउँदै महाकाली कटाएका हुन् ।’ पुनर्बासको विकास बस्तीबाटै कृषि प्राविधिक सलहको ट्रयाकिङ (पिछा) गर्दै महाकालीसम्म पुगेको उनले बताए ।

‘सलहको झुण्डले किसानको बारी चहार्दै गए पनि किसानले थाल ठटाएरै क्षति हुन दिएनन्,’उनले भने,‘यसपटक सलहलाई चरनका लागि अनुकुल वातावरण भएन ।’

सुदूरपश्चिममा कैलालीमा दुई पटक र कञ्चनपुरमा एक पटक सलह देखिएको प्रदेश कृषि निर्देशनालयले बताएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.