Thursday, October 1, 2020

प्रधानमन्त्री ओलीको अयोध्या तीरले मोदीको राजनीति ह’ल्लियो !

- Advertisement -

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्ति वि’वादमा परिरहेको छ । गत सोमबार २०७औं भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या पर्साको ठोरीमा पर्ने वि’वादास्पद अभिव्यक्ति दिएका थिए । भारतमा भएको अयोध्या न’क्कली भएको भन्दै उनले ठोरीकै सक्कली अयोध्या भएको बताए।
भिडियो हेर्नुहोस

यस अभिव्यक्तिले नेपालमाभन्दा बढी भारतमा बहस भइरहेको छ । अयोध्याबारे भारतमा वर्षाैंदेखि वि’वाद भइरहेका बेला प्रधानमन्त्री ओलीले सक्कली अयोध्या नेपालमै रहेको बताएपछि हिन्दूस्थान तातेको छ । भारतमा अयोध्या प्रकरणलाई राजनीतिक विषय बनाइएको छ। सत्तारुढ दलका केही नेताहरुले ‘जय श्री राम’ भन्ने गरेका छन् । अयोध्याको विषय भारतको न्यायालयमा समेत पुगेको छ।

भ’त्काइएको बाबरी मस्जिदको गुम्बज भएको स्थान नै रामको मन्दिर भएको भन्दै भारतीय सर्वाेच्च अदालतले गत नोभेम्बरमा सो स्थान हिन्दूहरुलाई दिइने फैसला सुनाएको थियो । सन् १९९२ मा मस्जिद भ’त्काइएको एक दशकपछि सन् २००२ मा उक्त वि’वाद इलाहाबाद उच्च न्यायाल हुँदै सर्वाेच्च अदालतसम्म पुगेको हो।

गत नोभेम्बरमा सर्वाेच्च अदालतका पाँचजना न्यायाधीशहरूको इजलासले गरेको सर्वसम्मत फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भ’त्काइएको बाबरी मस्जिदमुनि भेटिएको उल्लेख गरिएको छ।

यद्यपि, भारतमा अयोध्याको विषयलाई लिएर हिन्दू र मुस्लिम धर्मावलम्बीबीच वि’वाद रहँदै आएको छ । हिन्दूवादी मानिने भारतीय संस्थापन भाजपाले सोही मु’द्दा बोकेर सत्तामा पुगेको टिप्पणी पनि हुने गरेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिले भारतीय समकक्षीको धार्मिक राजनीतिमा दख्खल दिएको विश्लेषण गरिन थालेको छ । भारतसँगको कुनै पनि वि’वाद कूटनीतिकमार्फत समाधान खोज्न चाहने नेपाललाई भारतीय सरकारले नटेरेको गत नोभेम्बर २ र मे ८ को घ’टनाले पुष्टि गरेको छ।

२०७२ जेठ १ गते नेपालको भूमि प्रयोग गर्ने गरी व्यापार सम्झौता गरेका चीन र भारतलाई नेपालले कूटनीतिक नोट पठाएर वि’रोध जनाएको थियो । यसपछि गत नोभेम्बरमा सोही भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको थियो । तत् पश्चात नेपालले बारम्बार वार्ताका लागि पहल गर्दा बेवास्ता गरेको भारतले मे ८ मा सोही क्षेत्र भएर चीनको मानसरोवर जाने बाटोको उद्घाटन गर्‍यो । यी घ’टनाले ओलीले सरकारले भारतले कूटनीतिक माध्यमलाई ल’त्यार पेलेर अघि बढ्न खोजेको आन्तरिक विश्लेषण गर्दै सोहीअनुसार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गरिएको हो।

नक्सा जारी गरेपछि रु’ष्ट रहेको भारतको संस्थापन पक्षले ओली सरकार ढाल्न’ लागेको स्वयम प्रधानमन्त्री ओलीले बताए । जस कारण मोदीको राजनीतिको केन्द्रविन्दु बनेको अयोध्यामा ओलीले भानुजयन्तीको दिन तीर प्रहार गरेर हिन्दुस्थानको राजनीतिलाई ह’ल्लाएका हुन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपालमा अयोध्याबारे खोजिन थालिएको छ । तर, भारतमा अयोध्या कहाँ हो भन्नेमा तात्तातो बहस सृजना गराएको छ । जसको मोदी सरकारले प्रष्ट पार्नुपर्ने चुनौती थपिएको छ। यो खबर हाम्रो अभियान डटकममा छ 

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया