Tuesday, September 29, 2020

भोलीदेखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना, विपद् जोखिमबाट सतर्क रहन आग्रह

- Advertisement -

काठमाडाैँ – मुलुकका विभिन्न भू–भागमा (भोली) साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणका सम्बन्धमा शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महìवपूर्ण हुने बताउनुभयो । मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १०१ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १३६ घरमा क्षति पुगेको जानकारी दिनुभयो । खराब मौसमका कारण उद्धार र राहत वितरणमा केही ढिलाइ भइरहेको स्वीकार्नुभयो ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उहाँले मनसुन न्यून चापीय रेखा अबको तीन दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जानकारी दिनुभयो । सम्भावित जोखिम कम गर्न सरकारी तथा गैरसरकारी साझेदार सङ्घसंस्थासँंग सहकार्य र सूचना आदानप्रदान गर्ने कार्य तीव्र बनाइएको र आवश्यक पूर्वतयारी स्वरूप हेलिकोप्टर सहितको उद्धार टोली पूर्ण अवस्थामा राखिएको उहाँले स्पष्ट गर्नुभयो ।
प्रत्येक जिल्लामा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक सहभागी रहेको ५० जनाको उद्धार टोली, राहत सामग्री तथा औषधि उपचारका लागि हेलिकोप्टर सहितको थप सहयोगी टोली प्रदेशमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
तराईमा डुङ्गा, डोरी, लाइफ ज्याकेट लगायत उद्धार सामग्रीको व्यवस्था गरिएको छ । पुल भत्किएमा बेलिब्रिज, अस्थायी आवासका लागि टेन्ट र त्रिपालको भण्डारण गरिएको छ । बाढी आएमा उद्धार गर्न तुरुन्त परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ । मनसुन सक्रिय भएयता मुलुकका १६३ स्थानमा पहिरो गएको छ । यस वर्ष चैत÷वैशाखदेखि नै वर्षा हुन थालेका कारण भारी वर्षा हुँदा पहिरोले बढी क्षति पु¥याएको प्राधिकरणले जनाएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ ।
गोरखापत्र

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया