Sunday, September 27, 2020

कारागारका बन्दी र प्रहरीलाई समेत कोरोना

- Advertisement -

नेपालगन्ज- बाँके जिल्ला कारागारमा २ जनामा कोरोना संक्रमण भएको छ। जेलर देवेन्द्र श्रेष्ठका अनुसार चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा रहेका नेपालगन्ज उपमहानगरपालिका(६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।

२२ असारमा बिरामी भएर २४ गतेसम्म भेरी अस्पतालमा भर्ना भएका बन्दी र उनको सुरक्षामा रहेका नेपाल प्रहरीका जवानलाई कोरोना भएको जेलर श्रेष्ठले बताए। उनले भने, ‘कारागारभित्रै कोरोना सरेको होइन। अस्पतालमा उपचार गर्न जाँदा सरेको हो। बन्दीको सुरक्षामा गएका प्रहरीमा पनि कोरोना देखिएको छ।’

संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई कारागारमै अलग्गै कोठामा राखिएको छ। संक्रमितहरुलाई भने बिहीबार नै खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने संक्रमितको सम्पर्कमा रहेका व्यक्तिका परिवारका सदस्य र साथीहरुको कन्ट्याक्ट टे«सिङ गरी कोरोना परीक्षणको तयारी गरिरहेको बताएका छन्।

बाँके जिल्ला कारागारमा सात सय ७७ जना कैदीबन्दी छन्। जहाँ महिला ४९ र २ बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ। उनीहरुले पटक पटक कोरोना परीक्षणको माग गर्दा पनि बेवास्ता गरिँदै आएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया