Monday, September 28, 2020

बाजुराको मार्तडी बजारमा सौर्य बत्ती जडान

- Advertisement -

मार्तडी – बाजुराको जिल्ला सदरमुकाम मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान कार्य थालिएको छ।

बडीमालिका नगरपालिकाले रातिको समयमा सञ्चालन हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत सहज बनाउन सडकमा खम्बा गाडेर सोलार बत्ती जडान कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ। पक्की सडक निर्माण भएको क्षेत्रमा सहज आवतजावत गर्न बजार क्षेत्रका मुख्य सडकमा सोलार जडान कार्य थालेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए।

उनले खुलामञ्चदेखि गौडाडिल र जिल्ला अस्पतालदेखि महोक होटलसम्मको सडक क्षेत्रमा सडक बत्ती सोलार जडान गर्न थालेको नगरप्रमुख बडुवालले बताए।

मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरुपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ। खुलामञ्चदेखि गौडा डिल र जिल्ला अस्पतालदेखि वन डिभिजन कार्यालय हुँदै मोहक होटलसम्म १५ वटा खम्बामा सोलार बत्ती जडान गरिएको नगर उपप्रमुख कविता विष्टले बताईन्।

नगरपालिकाको लगानीमा सो कार्य गरिएको हो। पहिलो चरणमा जिल्ला अस्पताल हुँदै मोहक होटल, खुलामञ्चदेखि गौडा डिलसम्म सोलार बत्ती जडान गरिएका भए पनि दोस्रो चरणमा डिआर मस्टदेखि दुनीहाट बजार र कारागारसम्म सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ।

बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका सोलार बत्ती जडानकार्यसँगै सिसी क्यामरा जडानकार्य यसै आर्थिक वर्षमा गर्ने भएको छ।

मार्तडी बजार क्षेत्रमा चोरीका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि सिसि क्यामरा जडान गरिने नगरप्रमुख बडुवालले जानकारी दिए। सडकबत्तीको सहायताले रातिको समयमा चोरी र अन्य हिंसात्मक गतिसम्बधी न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको नगरप्रमुख बडुवालले बताए।

नगरपालिकाबाट नै निगरानी राख्ने गरी हरेक दिन बजार क्षेत्रका हुने चोरी, लुटपाट, आगलागी जस्ता कार्य समयमै नियन्त्रण गरी चोरी र हिंसात्मक गतिविधिमुक्त बनाउने गरी उक्त क्यामरा जडान हुने भएको नगरपालिकाले जनाएको छ।

क्यामरा जडान साउन भदौमा गर्ने बताइएको छ। बजारमा सिसी क्यामरा जडानपछि जघन्य अपराधदेखि सामान्य चोरीका घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया