सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निजि विद्यालय सञ्चालकद्धारा वेदकोट नगरपालिकालाई ध्यानार्कषणसहित ज्ञापनपत्र

महेन्द्रनगर २ साउन । राष्ट्रिय कार्यक्रम अन्र्तगत निजि विद्यालय सञ्चालको छाता संगठ्न प्याब्सन र एनप्याब्सन वेदकोटले वेदकोट नगरपालिकालाई ध्यानार्कषणसहित ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच दुवै संगठन वेदकोटका नगर प्रमुख अशोक कुमार चन्दलाई ज्ञापन पत्र बुझाएका हुन् । प्याब्सन र एनप्याबसले कोभिड–१९ का कारणले ठप्प रहेका विद्यालय सञ्चालन तथा व्यवस्थापनकासहित सात बुदेँ माग राख्दैँ ज्ञापनपत्र बुझाएको हो ।

व्याबसन वेदकोटका अध्यक्ष देवराज जोशीले राष्ट्रिय कार्यक्रम अनर््तगत ज्ञापनपत्र बुझाईएको बताए । उनका अनुसार कोरोनाका कारण सिथिलको शैक्षिक क्षेत्र उकास्नका लागि विद्यार्थीहरुको पाठनपाठनलाई सुचारु, नयाँ विद्यार्थी भर्ना, अध्यनरत विद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्रीहरुको व्यवस्थापन गर्नेु पर्नेमा जोड लिईएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan


त्यस्तै शैक्षीक वातावरण यथाशिघ्र निमार्ण गर्ने, अनलाईन कक्षा पुर्णरुपमा सञ्चालन गर्न सम्भावना कम भएकाले विद्यालयमा आवश्यक व्यवस्थापन सहित जोर–विजोर वा आलो–पालो प्रणालीमा कक्षा सञ्चालन गरि विद्यार्थीहरुको पठनपाठ्न गर्ने व्यवस्था गर्ने, क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गरिएका विद्यालयको निर्मलिकरण गरि दिन नगरपालिकालाई आग्रह गरिएको छ ।

साथै एनब्सन वेदकोटका अध्यक्ष चित्रदेव भट्टको समेत हस्ताक्षर रहेको ध्यानार्कषण पत्रमा शिक्षा नियमावली व्यवस्था भए बमोजिमको पठनपाठ्न हुने दिन पुगाउनका लागि बिदाहरु कटौती गरि शैक्षिक क्यालेण्डर निमार्ण गरिनु पर्ने, निजि विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शुल्क लिन नपाएकाले कर्मचारी तथा शिक्षकहरुको उचित व्यवस्था गरिदिनहुन , घर बहाला कर, व्यवसायिक कर , महसुलमा छुट गरिनु पर्ने माग उल्लेख छ ।

ज्ञापनपत्र बुझ्नै नगर प्रमुख चन्दले विद्यालयको सञ्चालन एव. व्यवस्थापनका लागि पहल गरिने बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.