सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

अविरल बर्षापछि आएको पहिरोले पुरिएर कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । शुक्रबार विहान घर माथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनीहरुको ज्यान गएको हो ।

विहान करीब सवा ५ बजेको समयमा आएको पहिरोले विकका २ नाती र १ नातिनीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

राती खाना खाएर सुतेका ५ जना मध्ये विकका जेठो छोरापट्टीको नातिनी १६ वर्षिया रोजिना विक, माइला छोरापट्टीको नाती १८ वर्षीय कुशल विक र कान्छा छोरापट्टीको नाती समीर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

स्कुल विदा भएकाले हजुरबुबाको घरमा बस्न जेठो छोराको छोरी रोजिना र माइलाको छोरा कुशल २ दिनअघि खोराकोमुख गएका थिए । लामो समय विद्यालय बन्द भएर अध्ययन÷अध्यापन नभएपछि हेमजा घर भएका कुशल र लामाचौर घर भएकी रोजिना सोमबार मात्र हजुरबुबाकोमा गएका थिए । कान्छा छोराको परिवार भने प्रेमराजसँगै बस्दै आएका थिए ।

Dirghayu Ads

राती करीब १० बजे सुतेका उनीहरुले विहान देख्नै पाएनन् । विहानीपख घरमाथिको बाटो भत्किएर घरको एउटा कोठा पुरै पुर्दा उनीहरुको सुतेकै ठाउँमा मृत्यु भएको डिएसपी हमालले जानकारी दिए ।

Sana Kishan

घरमाथिको बाटो गत वर्षमात्र बनाइएको थियो । घर भन्दा करीब ५० मिटर माथिबाट आएको पहिरोले घर पछाडिको बाटोलाईसमेत भत्काएर घर पुरेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

घुमाउरोहुँदै स्टेप स्टेपमा बाटो लगिएको तर कमजोर धरातलमा बाटो हुँदा पहिरो गएको पीडित परिवारको गुनासो छ । यसअघी गत असार २८ गतेपनि अहिले गएको पहिरो भन्दा ५० मिटर पश्चिमपट्टीपनि पहिरो गएको थियो । पहिरो गएको ठाउँ नजिक घर नहुँदा त्यो बेला भने क्षेति नभएको स्थानियले बताए ।

पहिरो आएका बेला विक दम्पती भने अर्कै कोठामा भएकाले उनीहरु सकुशल छन् । घरका अन्य कोठामा क्षेति पुगेपनि विक दम्पती चोटमुक्त छन् ।

विककी कान्छी बुहारी काखे छोरा लिएर बुधबार माइत गएकाले थप क्षेति हुनबाट जोगिएको प्रहरीको भनाई छ । कान्छा छोरा भने विदेश रहेको पारिवारिक श्रोतले बताएको छ ।

यसैबीच, मृतकहरुको शुक्रबारै अन्त्येष्टी गरिएको छ । उनीहरुको पोखरास्थित सेती नदी किनार रामघाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.