Saturday, September 26, 2020

कञ्चनपुरको भीमदत्तमा पस्यो सलह, अब पश्चिमबाट भारत पस्न सक्ने(भिडियो)

- Advertisement -

शारदा खत्री
महेन्द्रनगर २ साउन ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा सलह किरा प्रवेश गरेको छ ।

बिहिबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रवेश गरेको सलह शुक्रबार लालझाडी, कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिका हुदैँ भीमदत्त नगरपालिमा प्रवेश गरेको ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले जिल्लाका ६ स्थानीय तहमा सहलले प्रवेश गरेको बताए । उनका अनुसार जिल्लामा ठुलो सख्यामा सहलका झुण्ड आएको भएपनि बालिनालीमा पुगेको छैन् ।

स्थानीयले खेतमा सलह पस्दा थाल बजाउँदै धपाउने गरेकोले बालिनालिमा क्षती हुन नसकेको हो । साथै ज्ञान केन्द्रले सलह धपाउनका लागि स्थानीयलाई सचेत गराउँदै सक्रियता देखाएको केन्द्रका प्रमुख भट्टको भनाई छ ।

‘सहल नियन्त्रणका लागि ज्ञान केन्द्र कञ्चनपुर सक्रियताका साथ लागि परेको छ’ केन्द्र प्रमुख भट्टले भने यसबारे स्थानीय किसान सजक छन्, खेतमा सहल पस्ने बितिकै किसानले धपाई हाल्छन्, त्यसैले नोक्सान हुन सकेको छैन् ।’
साथै सहल हावाको वेगसँगै पश्चिमतीर उडिरहेकाले भारत पस्न सक्ने बताए ।

‘सहल हावाको वेगसँगै पश्चिमतिर उडिरहेको छ ।’ केन्द्रका प्रमुख भट्टले भने ‘अहिले भीमदत्त नगरपालिकामा पुगेको छ, पश्चिमतीर उडिरहेकोले भारत अब भारत जान सक्छ ।’

भिडियाे 

कृष्णपुर ३ र लालझाडी ५ मा सलह आतंक………🎥 सुरेन्द्र बोहरा

Posted by सुदुरपश्चिम खबर on Thursday, July 16, 2020

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया