Tuesday, September 29, 2020

प्याव्सन र एनप्याव्सनद्वारा बेलौरी नगरपालिकालाई ध्यानाकर्षण पत्र पेश

- Advertisement -

कञ्चनपुर, ०२ साउन । कञ्चनपुरको बेलौरीमा रहेका निजी विद्यालयहरुका छाता संगठन प्याव्सन र एनप्याव्सनले केन्द्रीय कार्यक्रम अनुसार बेलौरी नगरपालिकालाई ध्यानाकर्षण पत्र पेश गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) बेलौरीले बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी लाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुबै छाता संगठनहरुको देशव्यापी कार्यक्रम बमोजिम स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाएको प्याव्सन बेलौरी नगर अध्यक्ष वसन्त नेपालीले बताउनु भयो ।

संयुक्त रुपमा बुझाइएको सात बुँदे ध्यानाकर्षण पत्रमा विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नँया विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीघ्र निर्माण गरिनु पर्ने, यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर- विजोर वा आलोपालो प्रणालिमा कक्षा संचालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने, क्वारेन्टीनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनु पर्ने, वर्तमान शिक्षा नियमावली अनुसार शैक्षिक सत्र २०७७ को लागि केही सार्वजनिक बिदाहरु, जाडो बिदा लगायत अन्य बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरिनुपर्ने, विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अबस्थामा विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीहरुको तलब भत्ता लगायत अन्य खर्चको ब्यबस्थापनमा उचित सहयोग गर्नुपर्ने र घर बहाला कर, व्यवसायिक कर, महसुलमा छुटको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो ।

प्याव्सन र एनप्याव्सन बेलौरीद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख चित्र कुमारी चौधरीले नगरपालिकाको तर्फबाट सकिने सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्रममा शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक देव बहादुर चन्दले समेत आफुहरु सकारात्मक रहेको र सरकार एवं मन्त्रालयको निर्णयको पर्खाइमा रहेको जानकारी दिनु भएको छ । यसअघि बुधबार दुवै संगठनका राष्ट्रिय अध्यक्षहरुले आर्थिक तथा व्यावसायिक संकट आइपरेकोले अनिश्चिता बीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोली गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प भन्दै शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

NB Media Network बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...

पुरुषलाई मन नपर्ने महिलाका यी ८ बानीहरु

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया