Tuesday, September 29, 2020

बजेटको संशोधित लक्ष्य पूरा, राजस्व पनि लक्ष्य नजिक, एकै दिन २५ अर्ब राजस्व सङ्कलन

- Advertisement -

काठमाडौँ, साउन २ गते । कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६/७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै गत आवमा सरकारको कुल खर्च १० खर्ब ७३ अर्ब ३५ करोड पुग्ने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो । यही बुधबार अर्थात् गत आवको अन्तिम दिन सरकारी खर्च १० खर्ब ९४ अर्ब नाघेको छ । यस हिसाबले खर्चको संशोधित अनुमान पूरा भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले गत आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपियाँ खर्च गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको थियो । गत माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै १३ खर्ब ८५ अर्ब ९६ करोड रुपियाँ मात्र खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले प्रस्तुत गरेको थियो । कोरोना सङ्क्रमण नियन्त्रणस्वरूप बन्दाबन्दी सुरु भएपछि अर्थतन्त्र शिथिल बनेको भन्दै सरकारले बजेटमार्फत खर्चको संशोधित अनुमान १० खर्ब ७३ अर्ब अर्थात् कुल विनियोजनको ७० प्रतिशत पु¥याएको थियो ।
सरकारको संशोधित लक्ष्य अनुसार कुल विनियोजनको ७३.३ प्रतिशत चालू खर्च हुने अनुमान गरिएकोमा यस्तो खर्च सात खर्ब ८६ अर्ब अर्थात् ८२.१८ प्रतिशत पुगेको महालेखाको तथ्याङ्क छ । विकास बजेट खर्चमा भने सरकार पुनः कमजोर देखिएको छ । संशोधित अनुसार कुल विनियोजनको ५८.६ प्रतिशत विकास खर्च हुने लक्ष्य राखिएकोमा ४७ प्रतिशत मात्र अर्थात् एक खर्ब ९१ अर्ब रुपियाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेकोमा ६९.१३ प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

राजस्व पनि लक्ष्य नजिक
कोरोना सङ्क्रमणका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व सङ्कलनमा पर्न सक्ने असरको दबाबमा रहेको सरकारलाई आर्थिक वर्षको अन्तिम दिन केही राहत मिलेको छ । संशोधित अनुमान अनुसार कुल विनियोजनको ७४.४ प्रतिशत अर्थात् आठ खर्ब २७ खर्ब राजस्व सङ्कलन हुने लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत अर्थात् सात खर्ब ९३ अर्ब ७८ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित राजस्व संशोधित लक्ष्य नजिक हो ।
सर्वोच्च अदालतले बन्दाबन्दी खुला भएको एक महिनापछि मात्र कर उठाउन दिएको आदेशका कारण पनि सरकारले गत आवकै केही राजस्व सङ्कलन गर्न बाँकी नै छ । यस्तोमा राजस्वको संशोधित अनुमान पूरा गर्न सक्ने देखिन्छ । महालेखाको अपरिष्कृत तथ्याङ्क अनुसार कर राजस्वतर्फ गत आवमा सात खर्ब सङ्कलन भएको छ । गैरकरतर्फ ९३ अर्ब ७२ करोड रुपियाँ राजस्व उठेको छ । वैदेशिक अनुदानतर्फ ३२ अर्ब प्राप्त हुने अनुमान रहेकोमा १८ अर्ब ४२ करोड रुपियाँ मात्र प्राप्त भएको देखिन्छ ।

एकै दिन २५ अर्ब राजस्व सङ्कलन
गत आवको अन्तिम दिन अर्थात् बुधबार मात्रै सरकार २५ अर्ब १७ करोड रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । त्यसमध्ये २३ अर्ब ३५ करोड कर राजस्व, एक अर्ब ८२ करोड गैरकर राजस्व रहेको छ । बुधबार मात्रै सरकारले एक अर्ब ६० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ । त्यस्तै बुधबार मात्रै सरकारले १३ अर्ब ६० करोड रुपियाँ खर्च गरेको छ । जसमध्ये ५९ करोड ८६ लाख रुपियाँ चालूतर्फको खर्च रहेको छ । एकै दिन ११ अर्ब पाँच करोड रुपियाँ विकास खर्च भएको छ, जुन गत आवकै सबैभन्दा धेरै हो । वित्तीयतर्फ एक अर्ब ९५ करोड रुपियाँ खर्च भएको महालेखाको तथ्याङ्क छ ।

आन्तरिक राजस्व बढ्यो
कोरोना सङ्क्रमण हुँदा पनि आन्तरिक राजस्व सङ्कलन सात प्रतिशतले बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आवमा तीन खर्ब ८४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभागले तीन अर्ब ५८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
यस हिसाबले गत आवमा त्यसको अघिल्लो आवको तुलनामा २६ अर्ब रुपियाँ बढी अर्थात् सात प्रतिशतले राजस्व सङ्कलन बढेको छ । सङ्कलित राजस्वमध्ये आयकरतर्फ दुई खर्ब १७ अर्ब, मूल्य अभिवृद्धि करतर्फ ९८ अर्ब २२ करोड, अन्तःशुल्कतर्फ ६४ अर्ब ७९ करोड, शिक्षा सेवा शुल्क र अन्यसमेत गरेर चार अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

‘कठिन अवस्थामा पनि सफल भयौँ’

डा. युवराज खतिवडा
अर्थमन्त्री

कोरोनाका कारण सरकारको हरेक प्रयास जीवनरक्षामा केन्द्रित थियो । यस्तो अवस्थामा धेरै आर्थिक गतिविधि हुन सकेन तर पनि कठिन अवस्थामा संशोधित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सफल भयौँ ।
कुल बजेटको तुलनामा अङ्क थोरै हुनसक्छ तर हामीले गत आवको महìवपूर्ण एक चौथाइ अवधि बन्दाबन्दीमै बितायौँ । यद्यपि सरकारलाई अप्ठ्यारो परेको स्थितिमा करदाताले भ्याट, टीडीएस र आयकर बुझाइदिनुभयो । यसका लागि म सबै करदातालाई धन्यवाद भन्न चाहान्छु । यो सहयोगको सरकारले उच्च मूल्याङ्कन गर्नेछ । व्यवसाय गर्ने उपयुक्त वातावरण बनाउने प्रतिबद्धता पनि म व्यक्त गर्दछु ।

‘राजस्व सङ्कलन उत्साहजनक’
रामशरण पुडासैनी राजस्व सचिव

गत आवमा हामी संशोधित राजस्वको लक्ष्य पूरा गर्न सफल भएका छौँ । आयकरमा पनि १५ देखि १६ प्रतिशतसम्मको वृद्धि देखिएको छ । विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक रह्यो । समग्र राजस्व सङ्कलन पनि अघिल्लो आर्थिक वर्षको तुलनामा थप सुधार भएको छ ।

याे समाचार आज गाेरखापत्रमा विश्वास रेग्मीले लेखेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया