सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने मन्त्रालयकाे तयारी

काठमाडौं — संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ ।

चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको चार सदस्यीय समितिले बिहीबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न सकिने सुझाव दिएको छ ।

Dirghayu Ads

स्रोतका अनुसार सहसचिव लामिछानेले सचिव केदारबहादुर अधिकारी हुँदै मन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनलाई सदर गरिएको छ । समितिको प्रतिवेदन शुक्रबार छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र हुँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा जानेछ । उक्त समितिको सिफारिसका आधारमा सरकारले साढे तीन महिनादेखि बन्द गरेको व्यवसायिक उडान सुचारु गर्न अनुमति दिनुपर्ने छ । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.