Tuesday, September 29, 2020

‘जय श्री राम’ लेखेर प्रधानमन्त्री ओलीलाई चेतावनी,,बनारसमा नेपालीको जबरजस्ती मुण्डन,

- Advertisement -

साउन २ गते काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भगवान राम नेपाली भएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतमा विश्व हिन्दू सेनाले एक नेपाली युवकमाथि चरम अत्याचार गरेको छ । विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो । विश्व हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठकले यस्तो गरेका थिए ।

घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । समाचारअनुसार पाठकविरुद्ध भेलपुर थानामा उजुरी परेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिसँगै विश्व हिन्दू सेनाले एक पोस्टर जारी गरेको थियो । पोस्टरमा प्रधानमन्त्री ओलीलाई माफी माग्दै आफ्नो भनाइ फिर्ता लिन अन्यथा भारतमा नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

यो चेतावनीपछि बिहीबार राष्ट्रिय अध्यक्ष पाठक स्वयंले बिहीबार ती नेपाली युवकलाई असी घाटमा समातेर जबरजस्ती मुण्डन गराइ टाउकोमा जय श्री राम लेखिदिएका थिए । ती युवकबाट जबरजस्ती ओली मुर्दाबाद, जय श्री राम जस्ता नारा लगाइएको थियो । यस सम्बन्धमा नगर पुलिस अधीक्षकले आरोपीविरुद्ध कारवाही गरिने बताएको समाचारमा जनाइएको छ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया