Sunday, September 20, 2020

आजकाे राशिफल : साउन ०२ गते शुक्रबार कुन राशिका लागि कति शुभ

- Advertisement -

वि.सं.२०७७ साल साउन ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– द्वादशी,४३ घडी ५३ पला,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी,३६ घडी १० पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा । योग– वृद्धि,४७ घडी १५ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त ध्रुव । करण– कौलव,बिहान १० बजेर २८ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृष ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०७ पला । कमैया मुक्ति दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । कृषि तथा पशुपालन व्यावासायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट मामान्य नाफाँ कमाउँन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय सामान्य गतिमा फस्टाउने हुनाले धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । कृषि क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउँनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषी पेशा अपनाउँने हरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवादित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

राशिफलमा जेजस्तो भनिएतापनि आफ्नो कर्ममा विश्वास गर्नुहोला, आज तपाईँ दिन शुभ रहोस् ।
रातोपाटीको सहयोगमा

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक...

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको...

३९ बर्षका भए चकलेटी नायक जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् ।...

शर्लिनको बोल्ड अवतार !हेर्नुहोस तस्बिरमा !

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ...

विवाहपछि श्रीमानको घरमा राज गर्छन् यी ४ राशिका युवती

विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ। पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका...

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा...

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ...

आज २०७७ भदौ १७ गते बुधबारको – राशिफल

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफलः मेष (चु, चे, चो,...

आज भदौ १६ गते मंगलवार यस्तो दुर्लभ योगका कारण आज देखि...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ५ रहेको...

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा...

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -