Wednesday, September 30, 2020

रियल म्याड्रिडले जित्यो उपाधि

- Advertisement -

स्पेनिस क्लब रियल म्याड्रिडले सिजन २०१९र२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

गएराति भएको लिगको ३७औं खेलमा भिल्लारियललाई २(१ गोलअन्तरले हराउँदै रियलले उपाधि हात पारेको हो । आफ्नो दोस्रो घरेलु मैदानमा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । रियलका लागि २ वटै गोल उनैले गरे । मार्को एसेन्सियोको १ गोल रद्द भएको थियो । योसँगै रियलले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि खेलको ७७ औं मिनेटमा बेन्जेमाले नै गोल गर्दै रियललाई २(० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २(१ को स्थितिमा ल्याए ।

थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो । बार्सिलोना आफ्नै घरमा पराजित गए राति नै भएको अर्को खेलमा भने बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २(१ ले पराजित भएको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए ।

६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औं मिनेटमा एन्रीच गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फल प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिए । १० खेलाडीमा रहनुका बाबजुद ओसासुनाले खेलमा जित हासिल गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै जी जित पक्का गरे । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।

यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ । रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

काठमाण्डौ -अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा...

शीर्ष स्थानमा पुग्यो दिल्ली

काठमाडौं, १० असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) का लगातार दुई खेलमा जित हासिल गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ...

आइपीएल : चोटका कारण यी १० खेलाडी समस्यामा, कुन टिमका कति?...

काठमाडौं, : आइपीएल २०२० को सुरुवात भइसकेको छ । बुधबारसम्म भएका म्याचबाट राम्रो आनन्द मिलेको छ । चार म्याच सकिँदा ‘सुपर ओभर’का साथै चौका-छक्काको वर्षा...

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया