Tuesday, September 29, 2020

सशस्त्र प्रहरीलाई हटाइयो कारागार सुरक्षाको जिम्मेवारीबाट

- Advertisement -

काठमाडौँ — सरकारले सशस्त्र प्रहरी बल एपीएफ लाई कारागार सुरक्षाको जिम्मेवारीबाट हटाएको छ । देशभरकै कारागार सुरक्षामा नेपाल प्रहरी र प्रदेश प्रहरीलाई खटाउने गरी सशस्त्रलाई ब्यारेक फर्काइएको हो । नख्खु, भीमफेदी, दाङ, झुम्कालगायत करिब एक दर्जन कारागारको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको थियो ।

हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालय फाइल फोटो स् कान्तिपुर
वैशाख २० गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले कारागार र भवनरप्रतिष्ठान सुरक्षामा खटिएका सशस्त्रलाई सीमामा परिचालन गरेर त्यस ठाउँमा सेना र प्रहरी खटाउने निर्णय गरेको थियो । त्यसकै आधारमा पछिल्लो पटक अस्थायी प्रयोजनका लागि सेना र प्रहरी कारागार सुरक्षामा खटिएका हुन् । नख्खु कारागारमा सेना खटिइसकेको छ । प्रहरी समायोजन टुंगिएपछि सबै कारागारमा नेपाल प्रहरी र प्रदेश प्रहरीलाई खटाइने कारागार व्यवस्थापन विभागका अधिकारीले जानकारी दिए ।

‘विशेष परिस्थितिमा अन्य सुरक्षा निकायलाई अस्थायी सुरक्षा व्यवस्थापनको जिम्मा दिइए पनि दीर्घकालीन सुरक्षा प्रहरीबाटै हुन्छ,’ विभाग स्रोतले भन्यो, ‘नेपाल प्रहरी र प्रदेश प्रहरीलाई मापदण्ड र नियमावली बनाएर कार्यविभाजन गर्ने गरी गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं ।’ गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख ९सहसचिव० पुष्कर सापकोटाले पनि कानुनले तोकेका प्रावधानभित्र रहेर कारागार सुरक्षा नेपाल प्रहरी र प्रदेश प्रहरीले हेर्ने गरी नियमावली र मापदण्ड बन्ने क्रममा रहेको बताए ।

विभागले प्रदेशका ठूला कारागार नेपाल प्रहरी र जिल्ला तहका कारागारको सुरक्षा प्रदेश प्रहरीले हेर्ने गरी कारागार नियमावली–२०७७ को मस्यौदा गृहमा पठाएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ऐन २०७६ मा पनि कारागार सुरक्षा व्यवस्था नेपाल प्रहरी र प्रदेश प्रहरीले गर्ने उल्लेख छ । सहसचिव सापकोटाले नेपाल प्रहरी र प्रदेश प्रहरीले कारागार सुरक्षा गर्ने भन्ने व्यवस्था कानुनमै आइसकेकाले सोहीअनुसार सुरक्षा व्यवस्था हुने गरी कारागार नियमावलीको मस्यौदा तयार भइरहेको बताए ।

२०७६ माघ १९ गते संघीय संसद्मा दर्ता भएको कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुरक्षा व्यवस्था ‘तोकिएअनुसार’ हुने भन्ने उल्लेख छ । ‘कुन कारागार कसले हेर्ने भन्ने व्यवस्था ऐनमै समेटियोस् भन्ने हाम्रो धारणा छ, कारागारसम्बन्धी विधेयक संसद्मै पुगिसकेकाले यो व्यवस्था ऐनमै राख्ने कि नियमावली बनाउनुपर्ने भन्नेमा संसद्ले निर्णय गर्ला,’ सापकोटाले भने ।

कारागार व्यवस्थापन विभागले ७ प्रदेशका ७ वटा प्रदेशस्तरीय, साविकका क्षेत्रीय र राजधानीका सबै कारागार संघीय सरकारको प्रत्यक्ष रेखदेख र खटनपटन हुने गरी नियमावली मस्यौदा गृहमा पेस गरेको छ । मस्यौदाअनुसार सुनसरीको झुम्का, धनकुटामा निर्माणाधीन विशेष कारागार, मकवानपुरको भीमफेदी, छिट्टै सञ्चालनमा आउन लागेको नुवाकोटको त्रिशूली ९केन्द्रीय कारागार०, बाँकेको गनापुर ९खुल्ला कारागार०, राजधानीका डिल्लीबजार, जगन्नाथ देवलस्थित ९केन्द्रीय, भद्र र महिला० जेल संघीय सरकारमातहत राखेर जिल्ला तहका सबै कारागार प्रदेश प्रहरीबाट सुरक्षा व्यवस्थापन मिलाइने उल्लेख छ ।

यो खबर कान्तिपुर बाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया