सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनले सोचेको पूरा हुने जय बाबा माहारुद्र लाई  एक सेयर गरि दर्शन गराैँ 

मनले सोचेको पूरा हुने जय बाबा माहारुद्र लाई  एक सेयर गरि दर्शन गराैँ  , बैतडीको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित नेपालकै गहिरो प्राचिन गुफा हो पाताल भुमेश्वर । उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने पत्ताल भूमेश्वरमा लालीगुराँसको घना जंगल रहेकाे छ ।    जहाँ फागुन( चैतमा राताम्मे लागीगुराँस देख्न पाईन्छ । पत्ताल भूमेश्वरको मुख्य आकर्षण भनेको सदाबहार जंगलको बीचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थित पत्ताल भूमेश्वर एक तीर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउको पानी एकपटक शिरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भइन्छ भन्ने जनविश्वास रहि, आएको छ ।  बैतडी सदरमुकामबाट १८ किमी पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भूमेश्वर पुगिन्छ । यो ४ सय हेक्टर वन क्षेत्रफलमा फैलिएको छ । पत्ताल भूमेश्वरको महिमा ( करिब ३०० वर्ष पहिलादेखि पत्ताल भूमेश्वरमा देवीदेवताको महिमा शुरु भएको स्थानीय बूढापाका बताउँछन् । हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव शिव भगवान् आफ्नी अर्धा्ङ्गिनी पार्वतीसँगको बिछोडका बेला संसारका विभिन्न ठाउँ घुम्दै पत्ताल भूमेश्वरमा पनि पाइला टेकेका भन्ने जनविश्वास रहेको छ ।  “महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किंवदन्ति छ ।” पत्ताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । पत्ताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । धुम्दै आएका शिव थाकेपछि पत्ताल भूमेश्वरमा विश्राम लिँदा त्रिशूल गाडेको र त्यो ठाउँ गुफा भएको भनिन्छ ।  परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफैँ दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेटिएको अर्को भनाइ पनि यहाँ प्रचलित छ । सोही स्थानमा पछि महादेवको मन्दिर बनाइएको हो । मन्दिर र तलाउको चारैतर्फ चारवटा गुफा भएको यस ठाउँमा शिव भगवान्ले लामो समय विश्राम लिएको विश्वास रहेकाले यो भूमि पवित्र मानिन्छ र यहाँ दर्शन गर्न आउने भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।  यस पत्ताल भूमेश्वरमा महादेव भगवान्को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाउ पनि छ । यस क्षेत्रको मुख्य हेर्न लायक ठाउँ पत्ताल भूमेश्वर गुफा हो । पत्ताल भूमेश्वरको चारैतिर डाँडाकाँडा र मनमोहक दृश्य हेर्न पाइन्छ । हरेक पर्वमा पूजाआजा गरिने पत्ताल भूमेश्वर मन्दिरमा महाशिवरात्रि र रामनवमीमा ठूलो मेला लाग्ने गर्छ । विवाह बन्धनमा बाँधिनेहरु पनि यहाँ आउँछन् ।  काेराेना भाईरस ( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । Info nepal 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.