Thursday, October 1, 2020

सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु

- Advertisement -

कञ्चनपुर, १ साउन
देशका सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरको स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरेको हो ।

सुप, कर्णाली र ५ नम्बर प्रदेश पश्चिम नेपाल क्षेत्रकै सेनिटाईनर उत्पादन गर्ने यो उद्योग पहिलो भएको जनाईएको छ ।
गत असार अन्तिम सातादेखि उद्योगले ‘सेफ’ नामको सेनिटाईनजर उत्पादन गरेर बजारमा ल्याएको छ । कोरोना सहित सरसफाईका लागि उद्योगले सेनिटाईजर उत्पादन गरेको जनाएको छ ।

यस अघि सुदूरपश्चिमका स्थानीयले विभिन्न देशमा उत्पादन भएको सेनिटाईजर प्रयोग गर्दै आएका थिए । आफ्नै देश प्रदेश जिल्ला स्थानीय तहमा सेनिटाईजर उत्पादन भएपछि सेनिटाईजरको अभाव हुन नदिने उद्योगले जनाएको छ ।

स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालि संचालक तथा प्रबन्ध निर्देशक पिताम्बर जोशीले हेण्ड सेनिटाईजर र गैर हेण्ड सेनिटाईजर उत्पादन शुरु गरिएको बताए ।

संचालक जोशीले उद्योगबाट सेनिटाईजर, किटनाशक औषधी, सोडा, साबुन, शौचालयमा प्रयोग गरिने हापिक लगायतका सरसफाईजन्य बस्तुको उत्पादन गरिने बताए । बाह्यबाट कच्र्चा पदार्थ ल्याएर उद्योगमै उत्पादन गरिन लागिएको संचालक जोशीले बताए ।

गैर हेण्ड सेनिटाईजर क्वारेन्टाईन, आईशोलशन, सवारी साधन, घर, विद्यालय, अस्पताल लगायतका क्षेत्रमा छर्किनेछ । ‘हेण्डका साथै अन्य क्षेत्रमा प्रयोग गर्ने सेनिटाईजर उत्पादन गरिरहेका छौँ, ‘उनले भने, ‘निकट भविष्यमै सेनिटाईनर बाहेकका बस्तु पनि उत्पादन गछौँ ।’
६० एमलको १ सय रुपैया, १ सय एमलको लागि १ सय रुपैया, २ सय एमलको लागि २ सय रुपैया, ५ सय एमएलको लागि ३ सय ८० रुपैया र ५ लिटरका लागि २ हजार १५० रुपैया बजार मुल्य निर्धारण गरिएको छ । बजारको मागलाई आपूर्ति गर्नका लागि उद्योग संचालनमा ल्याएको बताए ।

‘कोडिभ पछि धेरै नेपाली भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्किएका छन, ‘उनले भने, ‘श्रमशक्ति सदुपयोगका लागि समेत उद्योगले सोचेको छ ।’

कोडिभ लगायत विभिन्न रोगबाट बाँच्न र सरसफाईका लागि सेनिटाईजर उत्पादन कार्य राम्रो भएको प्रतिकृया दिएका छन् । स्थानीय, राष्ट्रिय क्षेत्रमा आपूर्ति गरिने उद्योगले जनाएको छ । सेनिटाईजरसंगै अन्य बस्तु समेत उत्पादन भए उद्योगका करिब १५० मजदुर आवश्यक पर्नेछन् । उद्योगबाट बस्तुको आपूर्तिसंगै रोजगारी समेत सिर्जना हुने छ ।

‘स्थानीय स्तरमै विभिन्न परिमाणमा उत्पादन हुन्छ, ‘उनले भने, ‘जाहिले अनुसार उपभोक्ताले सहजै पाउँछ ।’
स्थानीय स्तरमा सेनिटाईजर उत्पादन भएपछि स्थानीय समेत हर्षित भएका छन् ।

यस अघि बजारमा सेनिटाईज अभाव हुने वा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृतिको अन्त्य हुने स्थानीय उपभोक्ताको भनाई छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका संचालक जोशीले बस्तु उत्पादन गर्ने उद्योग प्रर्बद्धनबाट रोजगारीका साथै औद्योगिक विकासमा भूमिका निर्वाह गरेको स्थानीय उद्योगीको भनाईछ ।

सेनिटाईजर लगायतका सरसफाईजन्य बस्तुको उत्पादन गर्ने उद्योग सुप प्रदेशमै भएपछि उद्योगको प्रर्बद्धनमा स्थानीयले जोडदिएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनुहारका पूराना भन्दा पूराना दाग हटाउन यसरी प्रयोग गर्नुहोस मह !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा...

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस...

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया