Thursday, October 1, 2020

आखिर तिमी दिनभर गर्छौ के ?

- Advertisement -

कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्, ‘खै, एक कप चिया बनाऊ त ।’ श्रीमतीले हताररहतार चिया बनाएर ल्याइदिन्छे ।

सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ ।’ कुनै आज्ञाकारी बालक झैं‌ श्रीमतीले त्यसै गर्छिन् । त्यसपछि उनी बालबच्चाका लागि नास्ता बनाउन थाल्छिन् । श्रीमान् भन्छन्, ‘ए, टिभीको रिमोट कहाँ राख्यौं, एकछिन समाचार हेर्नुप¥यो ।’

श्रीमती जुठो भाँडार्वतन उठाइरहेकी छिन् । उनले श्रीमान‍्को कुरा सुनेर पनि नसुने झैं गर्छिन् । श्रीमान् कराउँछ, ‘टिभीको रिमोर्ट कहाँ छ भनेको ?’

श्रीमती झर्को मान्दै भन्छे, ‘आफैँ खोज्नुहोस्, म भ्याउँदिन ।’

श्रीमान् अरू चर्को स्वरमा कराउँछ, ‘तिमीले काम चाहि के ग¥यौ ?’ श्रीमान‍्लाई लाग्छ घरव्यवहारको सम्पूर्ण भार आफूले बोकेको छ । घर भाडा, खानेकुरा, बालबालिकाको विद्यालय शुल्क, लुगाफाटो, बिजुली–पानीको शुल्क, चाडपर्व–मनोरञ्जन खर्च सबै आफैँले बन्दोबस्ती गर्नुपरेको छ । उनलाई झोक चल्छ, ‘घरमा बस्ने श्रीमतीसँग मेरो लागि त्यति सानो काम गर्ने फुर्सद् पनि हुँदैन ?’

हाम्रो पारिवारिक संरचनामा धेरैजसो श्रीमती, आमा वा दिदीबहिनीले घरधन्दाको काम सम्हाल्छन् । खासगरी भात–भान्साको सम्पूर्ण जिम्मेवारी श्रीमतीको भागमा छाडिन्छ । अर्थात् उनीहरू ‘गृहणी’ हुन्छन् । हुन त श्रीमतीलाई अवहेलना गरेर यस्तो जिम्मेवारी सुम्पिएको हुँदैन ।

खासमा महिलाहरू नै खानपानको काममा, घर सजावटको काममा, बालबच्चा हुर्काउने काममा पोख्त र सिपालु हुन्छन् । त्यसैले घर(धन्दाको काम उनीहरूलाई सुम्पिएर घर(व्यवहारको काम पुरुषहरूले सम्हाल्ने गर्छन् । वास्तवमा यो पारिवारिक तालमेल मिलाउनकै लागि गरिएको कामको बाँडफाँट हो ।

त्यसो त कतिपय दम्पती दुवै पेसाव्यवसायमा आबद्ध छन् र उनीहरू घरभित्रको काम पनि मिलिजुली गर्छन् । आखिर जे भए पनि पारिवारिक तालमेल मिलाउनका लागि श्रीमान् र श्रीमतीले आ(आफ्नो जिम्मेवारी, कर्तव्य पूरा गर्नैप¥यो ।

धेरैजसो अवस्थामा के देखिन्छ भने श्रीमान‍्हरू घर बाहिरको काम गर्छन् । पेसा–व्यवसायबाट राम्रै आयआर्जन गर्छन् । परिवारकै सुख र सम्पन्नताका लागि उनीहरू दिनरात खटिन्छन् ।

यद्यपि उनीहरू के सोच्छन् भने, परिवारको सम्पूर्ण भार आफूले मात्र थामिएको छ। अर्थात‍् घरखर्च जुटाउने, घर व्यवहार धान्ने र आयआर्जनको काममा लाग्नु मात्र काम हो ।

जबकि घरभित्रका ती तमाम काम गर्नु आफैँमा सहज हुँदैन । परिवारको स्वादअनुसार सागसब्जी तयार गर्नु, खाना पकाउनु, बालबच्चालाई र परिवारलाई ख्वाउनु, जुठोभाँडा सफा गर्नु, कुचो लगाउनु, लुगाफाटो मिलाउनु, बालबच्चालाई विद्यालयका लागि तयार गर्नु, श्रीमान‍्को सरसामान तयार गरिदिनु । खासमा गृहिणीले यन्त्र झैं यी सबै काम चुपचाप गरिरहेका हुन्छन् । तर श्रीमान् भन्छन्, ‘आखिर तिमी दिनभर के गर्छौ ?’

जसै लकडाउन भयो, श्रीमान‍्हरूको कामधन्दा ठप्प भयो । उनीहरू घरभित्रै बसे । बालबच्चा, श्रीमान्(श्रीमती सबै एकसाथ बसे । यस अवधिमा कतिपय श्रीमान‍्ले त्यही काम गरे, जो अरूबेला श्रीमतीले गर्थिन् । सम्भवतस् उनीहरूले बुझे होलान्, घरधन्दाको काम सम्हाल्नु पनि सानो काम होइन ।

एउटी गृहिणीले घरधन्दाको काम कति कुशलतापूर्वक सम्हाल्छिन् ? परिवारको स्वास्थ्य र सुखका खातिर कसरी आफूलाई भुल्छिन् ? भात पकाउनु, भाँडावर्तन माझ्नु, कुचो लगाउनु, लुगा धुनु यी सबै अनुत्पादक झैं लाग्ने कामहरू हुन् ।

एउटी गृहणीको दैनिकी कस्तो हुन्छ ?

बिहान

आफू फ्रेस हुन नपाउँदै हतार–हतार चिया पकाउने । छोराछोरीका लागि नास्ता बनाइदिने । विद्यालयको लुगाफाटो तयार गरिदिनुप¥यो ।

चिया पिउँदै सब्जी केलाउने, काट्ने । खाना पकाउनुप¥यो । सबैलाई खाना पस्कने, ख्वाउने। छोराछोरीलाई स्कुलसम्म पु¥याउने।

दिउँसो

घरमा जुठोभाँडा माझ्न बाँकी नै छ । घरभरि फोहोर छ । ओछ्यान मिलाएकै छैन । सबै सफासुग्घर गर्दागर्दै समय बितेको पत्तो हुन्न । मैला लुगा धुनुपर्नेछ । साँझको लागि सागसब्जी जोहो गर्नुपर्नेछ । कामबाट फुर्सद मिलेमा फूल रोप्ने, स्याहार्ने वा घर सजाउन मन लाग्छ ।

साँझ

बालबच्चा विद्यालयबाट आइपुग्छन् । लुगाफाटो फेरिदिनुपर्छ । नास्ता बनाइदिनुप¥यो । होमवर्क गराउनुप¥यो । त्यसपछि बेलुकीको लागि खाना तयार गर्ने हतारो ।

राति

सबैलाई खाना दिएर जुठो भाँडावर्तन सफा ग¥यो । कुचो लगायो । ओछ्यान मिलाइदियो । बालबच्चालाई सुतायो । त्यसपछि पनि कहाँ ढुक्कले बस्न पाउँछन् र ?

झ्याल-ढोका राम्ररी लगाएको छ(छैन ? खानेकुराहरू छोपछाप गरिएको छ(छैन ? धोएर सुकाएको लुगाफोटो बाहिर नै पो छ कि ?

सुत्ने समय भइसक्दा पनि कुनै काम पो बाँकी छ कि भनेर मन शान्त हुँदैन । घरभित्रका स(साना काम देखिँदैन । तर त्यही काम कुशलतापूर्वक सम्पन्न गर्न त्यति सहज छैन । बिहान उठेदेखि राति सुत्ने बेलासम्म पनि घरधन्दाको काम सकिएकै हुँदैन ।

तैपनि श्रीमान् भन्छन्, ‘तिमी काम चाहिँ के गर्छौ ?’

साथीसँगी भन्छन्, ‘घरमै बस्ने मात्र हो, अरू काम गर्दैनौ ?’

आफन्त(इष्टमित्र भन्छन्, ‘घरमा बसिरहँदा दिक्क लाग्दैन, केही काम गर्नु नि ।’ -अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया