सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शाकाहारी हुनुको बेग्लै आनन्द

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु ?’

साउनको महिना र शाकाहारी खानपानबीच खास तालमेल छ । यतिबेला धार्मिक हिसाबले होस् वा स्वास्थ्यको हिसाबले, सात्विक एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ भनिन्छ । सात्विक अर्थात सजिलै पचाउने, शुद्ध, ताजा र मौसमी खानेकुरा । यसमा माछामासु, मसलेदार, तारेको(भुटेको खानेकुरा समावेश हुँदैन ।

यद्यपि हाम्रो प्रवृत्ति के छ भने, मीठोमसिनो खानेकुरा भन्नसाथ माछामासुलाई प्राथमिकता दिने । जमघट, चाडपर्व, उत्सवमा मात्र होइन, स्वाद फेर्नका लागि हाम्रो भान्छामा माछामासु पाक्ने गर्छ । हामीमध्ये धेरैलाई शाकाहारी भोजनमा रमाउने बानी छैन । जबकी शाकाहारी भोजनमा पनि आफ्नै विशिष्ठ स्वाद एवं मिठास हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

माछामासु छाड्नसाथ हामीले आफ्नो थालीमा अरु परिकारहरु थप्न सक्छौं । जस्तो दुधजन्य परिकार घिउ, दुध, दही, मोही । सलाद, फलफूल, गेडागुडी ।

Dirghayu Ads

कतिपयलाई के लाग्छ भने माछामासुबाट शरीरमा जुन पोषक तत्व प्राप्त हुन्छ, शाकाहारी खानाबाट त्यो पूर्ति गर्न सकिदैन । जबकी माछामासुमा उपलब्ध हुने पोषक तत्व दुधजन्य परिकार वा अन्य सागसब्जीबाट समेत पाउन सकिन्छ । अर्थात शाकाहारी भोजनमा पोषक तत्वको सन्तुलन मिलाउन सकिन्छ ।

शाकाहारी खानपान अपनाउँदा प्रत्यक्ष रुपमै केही फाइदा पुग्छ । जस्तो यसले हाम्रो पाचन यन्त्रलाई चुस्त राख्छ । शरीरमा अनावश्यक विकार पैदा हुँदैन । अपचदेखि हृदय रोगसम्मका लागि शाकाहारी भोजन उपयुक्त हुन्छ ।

Sana Kishan

शाकाहारी खानपान अपनाउँदा रोगको जोखिमबाट त बच्न सकिन्छ नै, यसबाट प्रत्यक्ष वा परोक्ष रुपमा अरु पनि फाइदाहरु पुग्छ ।

कतिपय संक्रामक रोग जनवार एवं मासुजन्य परिकारबाट नै मान्छेमा सरेको पाइन्छ । जस्तो कोरोना भाइरस चमेरा वा सालकबाट सरेको भन्ने अनुमान गरिएको छ, भलै यसमा अझै खोज–अध्ययन हुन बाँकी छ । तर, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता थुप्रै संक्रामक रोग जनवार एवं त्यसको मासुबाट फैलिएको पाइन्छ । माछामासु त्याग्नु भनेको यस्ता जोखिमबाट टाढा रहनु पनि हो ।

संयुक्त राष्ट्रसंघबाट प्रकाशित एक रिपोर्टका अनुसार मासु खानु विश्वको प्रमुख वातावरण समस्या मध्ये एक हो । रिपोर्टले मासु खानाले विश्वभर रहेका कार, बस, ट्रक, जहाजले उत्पादन गर्ने भन्दा ४० प्रतिशत भन्दा धेरै ग्रीनहाउस ग्याँस उत्पादन गर्ने बताएको छ । माछामासु त्याग्नुको अर्थ पर्यावरणमा अशिंक रुपमा भएपनि सहयोग पु¥याउनु हो ।

माछामासु त्याग्नु भनेको पशुपंक्षीप्रति हुने हिंसामा सामेल नहुनु पनि हो । मासुको लागि ठूलाठूला फार्ममा जनावरलाई अत्यान्तै क्रुर ढंगले पालिन्छ ।

मासुखान योग्य भएपछि उत्तिनै क्रुरतापूर्वक बध गरिन्छ । यी जनावरहरुले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक वासस्थान मा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरु गर्न पाउँदैनन् ।

माछामासु खानेको तुलनामा शाकाहारी व्यत्तिको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थ रहन मद्धत गर्छ र मुख्य रोगहरु जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.