Friday, September 25, 2020

बेरोजगारका रुपमा दर्ता हुन आवेदनका लागि एक महिनाको समय थप

- Advertisement -

१ साउन, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचीकृत हुन सरकारले एक महिनाको समय दिएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ देखि २०७७ भदौ ७ सम्म समय तोकिएको हो ।

यसरी सूचीकृत भएका नागरिकलाई सय दिनसम्मको रोजगारी पाउने सरकारले बताएको छ । स्थानीय तहमा साना विकासे आयोजना सञ्चालन गरेर रोजगारी दिने गरी सरकारले कार्यक्रम चलाउँदै आएको छ ।

गत चैत्र १ देखि सूचीकरण सुरु भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण र चैत ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण काम प्रभावित थियो । अब बेरोजगार नागरिकले निवेदन दिने समय सीमा भदौ ७ सम्म कायम भएको छ ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट वेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचीकरणको आवश्यक व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका सार्वजनिक

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया