सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तमा अनुदान वितरणः १० कठ्ठामा साढे २ लाख, ५ कठ्ठामा २२ हजार मात्रै

शारदा खत्री
महेन्द्रनगर १ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वितरण गरेको अनुदानमा विभेद गरिएको आरोप लागेको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्र्तगत वितरण गरिएको अनुदानमा विभेद गरिएको आरोप लागेको हो ।

भीमदत्त नगरपालिका–९ का किसान राजु नाथले नगरपालिकाले वितरण गरेको अनुदान विभेद गरिएको बताए । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्र्तगत मेवा खेतीका लागि छनौट भएका किसानलाई विभेदकारी ढङ्गले अनुदान बाँडिएको उनको आरोप छ ।

नगरपालिकाले उक्त कार्यक्रम अन्र्तगत कागती, भईकटहर र मेवा खेतीका लागि किसानसँग प्रस्तावना माग गरेको थियो । मेवा खेतीका लागि छनौट भएका किसान नाथले आफुले २० कठ्ठामा मेवा खेती गरेको भएपनि ५ कठ्ठाको मात्रै नगरपालिकाले मुल्याङ्न गरेको दावि गरे ।

World Link Ads
Mahakali Polytechnic

‘नगरपालिकासँगको सम्झौता अनुसार मैँले करिब २० कठ्ठा जमिनका लागि बेर्ना तयार पारेर रोप्न पनि सुरु गरिसकेको थिए ।’ किसान नाथले भने ‘नगरपालिकाको प्राविधिक टीमले तपाईको ५ कठ्ठाको मात्रै भ्यालुएसन गरेपछि मैँले २२ हजार मात्रै अनुदान पाए ।’ त्यस्तै सोही खेतीका लागि छनौट भएका भीमदत्त–२ स्थित राधे कृषि तथा पशुफर्मले भने २ लाख ६१ हजार अनुदान पाएको छ ।

Sana Kishan

भीमदत्त नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण पाण्डेले अनुदान वितरणमा विभेद नगरिएको दावि गरे । उनका अनुसार किसानलाई नगरपालिकाले लागतको ६० प्रतिशत अनुदान वितरण गरिएको बताए ।

उनले अनुदानमा विभेद नगरिएको दावि गदैँ ‘नगरपालिकाको कार्यक्रम अनुसार नै अनुदान वितरण छ, भीमदत्त–९ का किसानको हकमा लागत बिल समावेश थिएन्, हामीले बिल अनुसारको भुत्तानी गरेका हौँ’ उनले भने ।

९ नम्बरका किसान नाथले ४ सय र राधे कृषि फर्मले ७ सय बिरुवा उत्पादन गरेको पाईएको उनले बताए । साथै राधे कृषि तथा पशुफर्मलाई दिईएको अनुदानको चेकमा प्राविधिक कारणले चेकको रकम बढी भएको उनले दावि गरे ।

‘एक वडा, एक उत्पादन’ कार्यक्रमका २५ लाख बजेट विनियोजन भएपनि पुरै बजेट खर्च नभएको उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.