सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीका सन्तोषको रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी घर भएका गायक तथा मोडेल सन्तोष सुनारले रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक गरेका छन् ।

गीतको भिडिओमा प्रेम गर्ने जोडीलाई जातले पार्दैै आएको प्रभावलाई चित्रण गरिएको छ। पश्चिम रूकुममा आफ्नो प्रेमिकासँग विवाह गर्न गएका एक युवा नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। त्यही घटनालाई आधार मानेर तयार पारिएको गीतमा प्रेमप्रेमिकाबीच जातले पार्दै आएको प्रभावलाई देखाउन खोजिएको छ।

World Link Ads
Mahakali Polytechnic

पछिल्लो समय गीत संगीत क्षेत्रसँगै मोडलिङ क्षेत्रमा सक्रिय रहेका सन्तोषले यसअघि दर्जन बढी गीत बनाइसकेका छन् ।
शब्द संगीत तथा स्वर समेत उनकै रहेको गीत ‘धोका भो’ मा निकै चर्चामा रहेको सागर लम्साल ‘बले’ को अभिनय रहेको छ।

Dirghayu Ads
Sana Kishan

हास्य कलाकारको रूपमा स्थापित हुँदै पछिल्लो समय मोडलिङमा चर्चा पाइरहेका बलेलाई रोशनी कार्की र रश्मी भट्टले धोका भो मा साथ दिएका छन्।

मनोज बस्नेतको कन्सेप्ट र निर्देशन रहेको भिडिओलाई राजकुमार केसीले छायांकन गरेका छन् भने टेकेन्द्र शाहीले सम्पादन गरेका हुन्।

समाजमा मायाप्रेममा कथित तल्लो उपल्लो जातले पार्ने प्रभावलाई समेटेर गीत बनाइएको सन्तोषले बताएका छन् । उहाँका अनुसार यस गीतलाई सबैले हेरेर सुझाव सल्लाह दिइ अझै हौंसला प्रदान गरिदिन सबैमा अनुरोध गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.