सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पनि मास्क नलगाई हिँड्नेलाई जरिवना

बैतडीमा मास्क नलगाई बजार घुम्ने र सम्झाउँदा अटेरी गर्नेलाई कारवाही गरी प्रहरीले ६ हजार बढी राजश्व संकलन गरेको छ ।

नोबल कोरोना भइरस नियन्त्रणको लागि गृह मन्त्रालयले वाहिर र बजार निस्केमा अनिवार्य मास्क लगाउनु पर्ने देसभरिका जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । प्रहरीले एक सातादेखि सम्झाउने गरेको प्रहरीले सोमबार देखि अटेरी गर्नेलाई जरिवना गरेको छ ।

Sana Kishan

सोमबार, मंगलबार र बुधवार गरि ७५ जनालार्ई जनहि १०० रुपयाँका दरले ७ हजार ५०० राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवंम प्रहरी निरिक्षक गौरी प्रशाद जैशीले वताए । ‘अहिले रसिद अभाव भएकाले धेरै ठाउँमा रसिद नहुँनाले सम्झाउने मात्र काम भएको छ एक गतेदेखि सबैठाउँमा रसिद पुग्छ अझै राजस्व बढछ’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

यसै गरि तिनदिनको अवधिमा ४ सय ७० जनालाई सम्झाईएर पठाइएको छ । बैतडीमा जिल्ला भित्र सवारी साधन संचालनमा आएका भएपनि सवारी साधनमा यताउता गर्नेलाई पनि मास्क लगाएर मात्र प्रहरीले यताउता गर्न दिएको छ ।

यसै गरि प्रहरीले जनचेतनामुलक सन्देस समेत प्रशारण गरिरहेको छ । यती गर्दापनि अटेरी गर्नेलाई कार्वाहि गरिएको प्रहरी कार्यालय बैतडीले बताएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.