सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन् २०२२ को विश्वकप नोभेम्बर महिनामा कतारमा हुने

३१ असार, काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

Dirghayu Ads
Sana Kishan

विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

जसमा स्थानीय समयअनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राति १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.