Thursday, October 1, 2020

३ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा वडा अध्यक्ष पक्राउ

- Advertisement -

कालिकोट : १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो । साही उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीले बलात्कार आरोपित वडा अध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै पक्राउ गरिएको बताए । जोसीका अनुसार वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् ।

सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ ।
पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो ।

पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् ।

उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई कोल हालेर घरभित्र लगेर बलात्कार गरे ।’ अन्नपुर्ण पोष्टमा यो समाचार छ ।

उनले भनिन्, ‘वद्यिालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भनेपछि मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’

त्यसपछि उनले मलाई पटक–पटक बलात्कार गरे । मैले डरले कसैलाई पनि भनिन् । यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आइन् । म बिरामी परेर सुतेकी थिएँ । वडा अध्यक्ष घरमा आएर पुनः बलात्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् ।

त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिको गाँउमा अरुले पनि थाहापछि परिवारलाई सबै कुरा भनेको किशोरीको भनाइ छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया