सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ४ हजार नजिक

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुर बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का चार महिला, अछामको चौरपाटी गाउँपालिका ५ का दुई महिला र अछामको साँफेवगर नगरपालिका ११ का दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

Sana Kishan

पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ३६ जनाको कोरोना परीक्षण भएको छ । बुधबार १९ जना थपिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौ सय ७५ पुगेको छ ।

World Link Ads
Mahakali Polytechnic

संक्रमितमध्ये एक हजार पाँच सय ८५ जना डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या भने पहिलेको तुलनामा घटेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.