Tuesday, September 29, 2020

मेलम्चीको सुरुङ फुट्दा बेपत्ता दुईजना अझै भेटिएनन्

- Advertisement -

मेलम्ची (सिन्धुपाल्चोक) स् परीक्षणको क्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटेपछि बेपत्ता भएका आयोजनामा कार्यरत दुईजना २४ घण्टादेखि बेपत्ता छन् ।

आयोजनाको सुरुङ परीक्षणका क्रममा गेट फुटेपछि बाहिर निस्केको पानीको बहावले बगाएर बेपत्ता भएका आयोजनाको ठेकेदार कम्पनीका इन्जिनियर र सवारी चालक अझै नभेटिएका हुन् ।

आयोजनाको सुरुङको ग्याल्थुम अडिटबाट अम्बाथानस्थित मुहान जोड्ने खण्डको १७ नम्बरको गेट मंगलबार दिउँसो करिब साढे १२ बजे फुट्दा सुरुङबाट निस्केको पानीले गाडीसहित बगाउँदा निर्माण कम्पनी सिनो हाइड्रोमा कार्यरत इन्जिनियर २६ वर्षीय सतिश गोइत र उनी सवार गाडी चालक राधाकृष्ण थापा बगेर बेपत्ता भएका हुन् ।

दुर्घटना भएदेखि नै खोजी कार्यलाई तीब्रता दिए पनि बेपत्ता अझै नभेटिएको इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोष बुढाथोकीले जानकारी दिए ।

सुरुङमा पानी पठाएपछि प्रत्येक घण्टा सुरुङको परीक्षण गर्ने नियमित काममा गएका इन्जिनियर गोइत सवार बा २ झ ८७६४ नम्बरको गाडी गेट नजिक आएपछि फुटेर आएको पानीले गाडीसहित बगाएर मेलम्ची खोलामा पु¥याएको थियो । पानीले चालक र सवार दुबै जनालाई बेपत्ता बनाएको हो ।

बुढाथोकीका अनुसार खोलाले बगाएको गाडी भने केही तल मंगलबार नै भेटिएको छ । आयोजनाको मुहानबाट २१ किलोमिटर तल मेलम्ची बजार नजिक मानिस बगाएको देखिएको अपुष्ट खबर आए पनि बेपत्ता नभेटिएको सई बुढाथोकी बताउँछन् ।

बेपत्ताहरुको खोजीका लागि आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मंगलबार दिउँसोदेखि सक्रिय छ ।

बेपत्ता भन्दा पछाडी रहेका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बादोर्जे तामाङ भने गेट फुटेर पानी बाहिर निस्केपछि भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्न भ्याएका दुबै घाइते भएका छन् ।

उनीहरुको मेलम्ची स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडांै पठाइएको प्रहरीले जनाएको छ । एक्कासी ठूलो आवाजसहित सुरुङको गेट फुटेपछि आएको पानीले आफूहरुलाई बगाएको घाइतेले बताएका छन् ।

आयोजनाले मजबुत निर्माणमा ध्यान नदिई सुरुङमा पानी पठाउन हतार गरेकोले दुर्घटना भएको स्थानीयको आरोप छ । आयोजनामा भएको यो दुर्घटनाले काठमाडौंमा पानी पुग्ने समयमा फेरि अन्यौलता सिर्जना गरेको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया