Monday, September 28, 2020

दाम्पत्य सुख: केही त्यागौं, केही स्वीकारौं

- Advertisement -

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि । फरक पृष्टभूमीमा हुर्किएका, फरक सोंच र व्यवहार भएका दुई व्यक्ति आपसमा एकाकार हुँदा सबैकुरा ठिकठाक मिल्छ भन्ने हुँदैन ।

नव(विवाहित जोडीले एकअर्कालाई स्वीकार्नुपर्ने हुन्छ । यसरी आपसमा मिल्नका लागि एकअर्काले कतिपय कुरा त्याग्नुपर्ने पनि हुन्छ । त्याग, समर्पण, समझदारी र सहकार्यबाट मात्र सुखमय दाम्पत्य जीवनको सुरुवात हुन्छ ।

सुरुवाती दिनमा दम्पतीले एकअर्कालाई राम्ररी बुझ्न पाएका पनि हुँदैनन् । एकअर्काको आनीबानी, सोंच–चिन्तन, रुची–आंकक्षा, कौशल–क्षमता ।

आफ्नो बानी व्यवहार जीवनसाथीलाई मन नपर्न सक्छ, आफ्नो रुची वा सोंच जीवनसाथीलाई मन नपर्न सक्छ । दुबैको इच्छा एवं आकंक्षा एकै नहुन सक्छ ।

यस्तो अवस्थामा उनीहरुका लागि आवश्यक हुन्छ, समझदारी । कति कुरा स्वीकार्ने, कति कुरा त्याग्ने । यदि आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने, आफ्नो विचार लाद्ने, आफुलाई सर्वोपरी मान्ने हो भने दाम्पत्य जीवन कष्टदायक हुनपुग्छ ।

दम्पतीहरुले सुरुवाती दिनमा केही गल्ती गर्न सक्छन् ।

१. कतिपयले के गल्ती गर्छन् भने आफु जस्तो छु, त्यही रुपमा स्वीकार्नुपर्छ भन्ने सोच्छन् । यस किसिमको सोचाइले दाम्पत्य जीवनमा कलह पैदा गर्छ । अविश्वास, घृणा, असझदारीले ठाउँ पाउँछ ।

२. विवाह अघि आफ्ना जीवनसाथीबारे अनेक कल्पना गरेका हुन्छन् र त्यही अनुसार उनको अपेक्षा पनि हुन्छ । आफुले अपेक्षा गरे अनुसार जीवनसाथीले सबै कुरा पुरा गरिदिन्छन् भन्ने सोच्नु गलत हो । अपेक्षाले पनि दाम्पत्य जीवनमा कलह पैदा गर्छ ।

३. सुरुवाती दिनमा दम्पतीले एकअर्कालाई आफुजस्तै बनाउने यत्न गर्छन् । आफ्नो कुरा सबै ठीक छ र जीवनसाथीले पनि आफुले जस्तै गर्नुपर्छ भन्ने सोच्छन् । तर, कसैलाई आफुजस्तो बनाउने भन्दा पनि जस्तो छ त्यही रुपमा स्वीकार्नु पर्छ ।

केही त्यागौं

विवाहअघि सबै कुरा आफ्नो मर्जी अनुसार गर्न सकिन्छ । जस्तो के खाने, के लगाउने, कतिबेला सुत्ने, कहाँ जाने ।

तर, विवाहपछि यी सबैकुरामा आफ्नो एकलौटी निर्णय संभव हुँदैन । जीवनसाथीको बानी–व्यवहारसँग पनि आफुले तालमेल मिलाउनुपर्ने हुन्छ । उनको विचार र इच्छालाई पनि सम्मान गर्नुपर्ने हुन्छ । कुनैपनि निर्णय गर्दा आफुलाई केन्द्रमा राख्ने होइन, दुबैको इच्छा र रुचीलाई ध्यानमा राख्नुपर्छ ।

केही स्वीकारौं

जब दाम्पत्य जीवनमा प्रवेश गरिन्छ, तब एकअर्काको स्वभाव, प्रवृत्ति, आचरणलाई स्वीकारौं वा परिवर्तन गर्नुपर्ने हुन्छ ।

फरक पृष्टभूमीमा हुर्किएका युवा र युवतीबीच सबैकुरा मिल्छ भन्ने हुँदैन । दुबैको स्वभाव र प्रवृत्ति मिल्दो नहुन सक्छ । कतिपयको स्वभाव के हुन्छ भने, आफुले गरेको निर्णय वा आफ्नो सोंच एकदम ठिक छ । आफुले गरेकै कुरा स्विकार्य हुनुपर्छ । यस किसिमको हठले दाम्पत्य जीवन चल्दैन ।

जब आफ्नो जीवनमा अरु कोही प्रवेश गर्छ भने, उसको लागि पनि आफुले केही स्पेश दिनैपर्छ । उनको रुचीको लागि स्पेश, उनको आंकक्षाका लागि स्पेश, उनको स्वभावको लागि स्पेश ।

विवाहलाई त्याग र समर्पण भन्नुको अर्थ यो पनि हो । अरुको कुरा पनि स्विकारौं । अरुको इच्छा र आकंक्षा पनि स्विकारौं ।

केही बुझौं

जब विवाह गरिन्छ, तब हाम्रो दायरा अझ फराकिलो हुन्छ । हाम्रा सम्बन्धका आयमहरु बढ्छन् । हामीले आफ्ना लागि मात्र होइन, अरुको लागि पनि कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुन्छ ।

दुलहीले नयाँ घर, नयाँ परिवेश, नयाँ परिवारका सदस्यहरुसँग आफ्नो तालमेल मिलाउनुपर्ने हुन्छ । दुलहाले पनि आफ्ना सासु–ससुराप्रति सद्भाव र सम्मानभाव देखाउनुपर्छ । दुबैले एकअर्काको परिवारलाई आफ्नै पारिवारिक सदस्यको हिसाबले एकमुष्ठ गर्नुपर्छ ।

कतिपय अवस्थामा चाहि दुलहा वा दुलहीका आर्थिक, सामाजिक पृष्टभूमी मिल्दैन । यस्तो अवस्थामा एउटामाथि अर्को हावी हुन्छन् । एउटामाथि अर्कोको हस्तक्षेप बढ्छ । यो भनेको आफ्नो दम्भ हो । दम्भले दाम्पत्य जीवन फिका बनाउँछ ।

त्यसैले अरुलाई हेलाहोचो गर्ने, दबावमा राख्न खोज्ने, आफु हावी हुन खोज्ने गर्नै हुँदैन । दाम्पत्य सुखका लागि दुबैले एकअर्कालाई बुझ्नुपर्छ । एकअर्काको परिवारलाई सम्मान गर्नुपर्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया