Friday, October 2, 2020

कमाउँछन् करोड, तर सरकारलाई तिर्दैनन् कर

- Advertisement -

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल डाइरेक्टरका रूपमा वार्षिक ९९ हजार ९ सय ९६ अमेरिकी डलर (करिब १ करोड २० लाख रुपैयाँ) तलब बुझ्ने गरेका अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले आयकर नतिरेको खुल्न आएको छ ।

त्यसमा एन्फा र फिलिप्सले ३० लाख रुपैयाँभन्दा बढी कर छली गरेको आरोपमा उजुरी परेपछि यसबारे राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ ।

‘उनी (ग्यारी फिलिप्स) ले कर छली गरेको भनी विभागमा उजुरी परेको छ । हामीले छानबिन थालिसकेका छौं,’ राजस्व अनुसन्धान विभागका निर्देशक गोपी कोइरालाले भने, ‘उनको कमाइमा कर लाग्नुपर्ने हो । यहाँ (नेपाल) आएर कमाएको स्रोतमा कर लाग्छ ।’

एन्फाको कार्यालय ललितपुरस्थित सातदोबाटोमा रहेको छ । यस क्षेत्रलाई नियमन गर्दै आएको आन्तरिक राजस्व कार्यालय, पुल्चोकका प्रमुख डिलाराम सापकोटाले भने, ‘टीडीएस (स्रोतमा करकट्टी) गर्ने दायित्व रोजगारदाताको हो । तर एन्फाले ग्यारी फिलिप्सको नाममा करकट्टी गरेको हाम्रो रेकर्डमा पाइएको छैन ।’

एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा एन्फाले फिलिप्सलाई १ अगस्ट २०१९ देखि ३१ जुलाई २०२० सम्मका लागि टेक्निकल डाइरेक्टर नियुक्त गरेको थियो ।

उक्त नियुक्तिसम्बन्धी २८ जुलाई, २०१९ मा भएको सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधर र निज ग्यारी फिलिप्सले हस्ताक्षर गरेका छन् ।

एएफसीले सहयोग गरेमा सम्झौतालाई निरन्तरता दिइने पनि त्यसमा उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले चैत ११ देखि लकडाउन लागू गर्नुअघि नै फिलिप्स अस्ट्रेलियातर्फ उडेका थिए । त्यसयता उनी उतै छन् ।

सम्झौताअनुसार फिलिप्सको मासिक तलब ८ हजार ३ सय ३३ डलर (करिब १० लाख रुपैयाँ) एएफसीले दिने उल्लेख छ । यसअनुसार उनी नेपाली फुटबल इतिहासकै सबैभन्दा बढी तलब बुझ्ने कर्मचारी हुन् ।

तलब सिधै टेक्निकल डाइरेक्टरको बैंक खातामा दिने पनि उक्त सम्झौतामा लेखिएको छ । नियुक्तिपछि काठमाडौं आएलगत्तै फिलिप्सले श्रम स्वीकृति लिएका थिए । तर उनले कर बुझाउनका लागि आवश्यक स्थायी लेखा नम्बर नलिएको बताइन्छ ।

सम्झौतामा जिल्लाका खेलहरू हेर्नुपर्ने, प्रदेश र जिल्लामा आवश्यक कोचिङ कोर्सका लागि यात्रा गर्नुपर्ने, एन्फाले आवश्यक ठानेमा राष्ट्रिय टिमसँगै विदेश जानुपर्ने तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको टेक्निकल डाइरेक्टरको कोच एजुकेसन वर्कसप, सेमिनारलगायतमा सहभागी हुनुपर्ने, क्वालालम्पुरबाट नेपाल आउँदा एएफसीका टेक्निकल डाइरेक्टरलाई भेट्नुपर्ने फिलिप्सको जिम्मेवारी तोकिएको छ । उनले सातामा एक दिनबाहेक क्रिसमसमा दुई साता तथा थप तीन साता बिदा पाउने उल्लेख छ ।

श्रमसम्बन्धी नेपालको नियम–कानुन लागू हुने पनि सम्झौतामा प्रस्टै लेखिएको छ । करसम्बन्धी नियमानुसार नै पनि १८० दिन नेपालमा काम गरेपछि उसको आयमा कर लाग्छ । जबकि फिलिप्सले नेपालमै काम गरेको आधारमा मासिक तलब पाउँछन् । त्यसैले पनि उनको आयमा कर लाग्ने कोइराला बताउँछन् ।

‘कर छुट गर्ने गरी सरकारसँग सम्झौता भएमात्रै कर लाग्दैन,’ राजस्व अनुसन्धान विभागका निर्देशक कोइरालाले भने । तर सरकारसँग एन्फाले त्यस्तो कुनै सम्झौता गरेको पाइँदैन ।

फिलिप्सको आयमा टीडीएस कट्टी नगरेकोबारे एन्फाका महासचिव तुलाधरले भने, ‘तिर्नुपर्नै कुरा छ भने तिर्न (कर) हामीलाई आपत्ति होइन, तिर्नुपर्छ भने तिरिदिन्छौं । एएफसीले उतैबाट तलब खानेगरी पहिलोपल्ट यस्तो सहयोग गरेको हो ।’

कर कति ?

विभागका अनुसार फिलिप्सको आयमा २५ प्रतिशत कर लाग्छ, जुन हरेक महिना सकिएको अर्को महिनाको २५ गतेभित्र कर कार्यालयमा दाखिला गर्नुपर्छ ।

हालसम्म कर नतिरेकोले फिलिप्सको आयमा नियमानुसार विलम्ब शुल्क र थप जरिवाना पनि लाग्ने विभागले जनाएको छ ।

एन्फासँगको सम्झौताअनुसार फिलिप्सको मासिक ८,३३३ डलर गरी एक वर्षको तलब ९९,९९६ डलर हुन आउँछ र यसमा २४,९९९ डलर (करिब ३० लाख रुपैयाँ) कर तिर्नुपर्ने देखिन्छ । यसमा विलम्ब शुल्क र जरिवाना थपिने देखिन्छ । स्रोतको करकट्टीमा एन्फा र सम्बन्धित व्यक्ति जवाफदेही हुन्छन् । -कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया