सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनोहरको संगित संघर्ष : ५० वर्षमा मिल्यो राष्ट्रिय प्रतिभा पुरस्कार

–सीपी लोहिया
बैतडी । मनोहर राम दमाई (मनोहर परियार) अहिले ६५ बर्षका भए । १५ बर्षदेखि सांगितिक यात्रामा लागेका मनोहरले आफ्ना ५० बर्ष संगित कर्ममै बिताए ।

जिल्लामा हुने सबैजसो सभा–समारोहमा मनोहरको प्रस्तुुतिले सधैँ स्थान पाउथ्योँ । एकताका उनको प्रस्तुति नभएको कार्यक्रम जिल्लामा बिरलै हुन्थ्यो । सबै दिवसहरु, जिल्ला स्तरिय प्रतियोगिताहरु, सभा– समारोहहरुमा उनि आफ्ना जनचेतनामूलक गीत गाउँथे । मनोहर ५० सालको दशकमा पटक सम्म तत्कालिन प्रधानमन्त्रि स्व. गिरिजा प्रसाद कोइरालाबाट समेत सम्मनित भएको सुनाउँछन् । एक पटक त उनि १ल ाख नगद सहित सम्मानित भएको बताउँछन् ।

मायाँ प्रेम बाहेक सामाजिक बिकृतिका बिरुद्ध र देशभक्ती गितहरु मात्रै रचना गर्ने मनोहर बैतडीको मेलौली नगरपालिका वडा न.१ देउनोलामा जन्मिएका हुन् । उनले ५० बढि जनचेतनामूलक र देशभक्ति गीतहरु बजारमा ल्याएका छन् ।

World Link Ads
Mahakali Polytechnic

हालसम्म एक हजार बढी गीतहरु सामाजिक बिकृति र विसंगतिका विरुद्ध रचना गरि बिभिन्न सभा–समारोहहरुमा प्रस्तुत गरेको उनी सुनाउँछन् । उनले हालै कोरोना भाइरसका बिषयमा जनचेतनामूलक गीत बजारमा ल्याएका छन् भने उक्त गीत गाडीहरुमा बजाएर बिभिन्न स्थानिय तहहरुले जनचेतना फैलाएका थिए ।

मनोहर परियार गायनका साथै बाद्य वादनमा पनि उत्तिकै दख्खल राख्छन् । मादल, हार्माेनियम, हुड्को, बासँुरी बजाउनमा उनको दखलता छ ।

Sana Kishan

राष्ट्रिय प्रतिभा पुरुस्कारबाट सम्मानित
कलाकार मनोहर परियार सोमबार राष्ट्रिय प्रतिभा पुरुस्कार बाट सम्मानित भएका छन् । नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफुलाई राष्ट्रिय प्रतिभा पुरुस्कारबाट सम्मानित गर्ने खबर पाउदाँ खुसिको सिमा नरहेको उनी बताउछन् । परियार ५० हजार नगद सहित सम्मानित भएका छन् ।

आफुले ५० बर्ष सम्म सांगितिक यात्रामा लागेको प्रतिफल प्राप्त भएको उनि सुनाउछन् । मनोहर अहिले बैतडीमै भएकाले पुरस्कार बुझ्न उनका छोरा राजिव काठमाण्डौँ पुगेका थिए ।

मनोहरले यसअघि जिल्ला स्तरिय र तत्कालिन क्षेत्रिय स्तरबाट १ सय बढि सम्मानपत्र र नगद पुरस्कार समेत भित्रयाएका छन् ।

उनी भन्छन् हामी भौगोलिक रुपमा पनि निकै पिछडिएको क्षेत्रका मान्छेँ हौँ, सुदुरपश्चिम क्षेत्र त्यसैमा पनि बैतडी जिल्ला र म परियार समूदायको ब्यक्ति, हामीलाई जातिय रुपले समेत निकै हेपिन्थ्यो, अगाडि बढ्न निकै कठिन थियो, यस क्षेत्रका बिकृतीहरुको बिरुद्धमा गीत गाउनु पनि निकै चुनौतीपुर्ण थियो । मैले हरेक खाले सामाजिक बिकृतिका बिरुद्धमा गीत गाएको छु । जातिय बिभेदका बिरुद्धमा गीत गाएको छु । र सस्ंकृति जोगाउने डेउडा, ठाडिभाका र हुड्केउली गीतहरु गाएको छु, मनोहर भन्छन् ।

मनोहर जस्ता मेहेनति कलाकार सुदुरपश्चिममा केहि मात्रै भएको पुर्व शिक्षक देवेन्द्र भट्ट बताउछन् । मनोहर परियार अहिले राष्ट्रिय जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्य समेत हुन् । यो बिकप्ल दैनिकमा खबरमा छ !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.