Friday, September 25, 2020

स्वस्थ्य मन्त्रालयलाई नमुना बनाएर मात्रै छाड्छु : मन्त्री ढकाल

- Advertisement -

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयको पुनर्संरचना गरेर नमुना बनाउने बताएका छन्। सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्रेड युनियनका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए।

मन्त्री ढकालले हाल स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताए।

उनले मन्त्रालय नमुना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने बताए।  ‘स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरे पनि स्वस्थ्य मन्त्रालय नमुना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्छु’, उनले भने।

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै संघसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने बताए। ‘परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन, बाहिर पनि छन्’, उनले भने, ‘तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु।’

उनले स्वास्थ्यमा परिवर्तनका लागि प्रस्तावित विषयको गृहकार्य गर्न आवश्यक नीति तथा कार्यविधिहरू तय गर्न विभिन्न समिति गठन गरिसकिएको बताए।

मन्त्री ढकालले त्यस्ता समितिमा विषयगत क्षेत्रका कुनै संस्थाको प्रतिनिधित्व छुटेको रहेछ भने ती संस्थाका प्रतिनिधिलाई पर्यवेक्षक सदस्यका रूपमा भए पनि बैठकमा सहभागी गराउने विश्वास दिलाए।

आफूले पारदर्शी भएर काम गरिरहेको बताउँदै ढकालले भोलिका दिनमा पनि त्यसैगरी अघि बढ्ने बताए। ‘म सबैलाई स्वार्थ समूहको हतियार नबन्न अनुरोध गर्छु’, उनले भने ‘असन्तुष्टि र आलोचनाले मात्र निकास दिँदैन। अरूको हतियार बनेर दुरूपयोग नहोऊँ। हामी सबैको कुरा सुन्छौँ। स्वास्थ्य मन्त्रालयलाई नमुना बनाएर छाड्छौँ।’ उनले पिसिआर परीक्षणको दायरा नघटाइएको भन्दै अहिले २५ वटा ल्याबबाट दैनिक १० हजारको नमुना परिक्षण गर्न सक्ने गरी क्षमता वृद्धि गरिएको बताए।

मरेका व्यक्तिहरूको पिसिआर भएकोमा कतिपयले असन्तुष्टि जनाएको सन्दर्भ उल्लेख गर्दै उनले मर्ने व्यक्तिबाट समाज र परिवारमा जोखिम हुन नदिन पिसिआर गरिएको बताए।  थाहाखबर बाट सभार

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया